सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मासहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर २५ करोडमा खरिद गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तबरले हानीनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उजुरीको आधारमा उनीहरुलाई भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।

आयोगले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक र कार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत राम बहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर राम शरण गायकविरुद्ध मुद्दा दायर गरेको छ ।

सफल श्रेष्ठ र निमबहादुर ओलीबाहेक ७ जनालाई तेइस करोड सत्ताईस लाख अन्ठाउन्न हजार सतहत्तर रूपैयाँ बिगो मागदाबी गरिएको छ। श्रेष्ठलाई सत्र लाख उनान्सय हजार सात सय रुपैयाँ र वलीलाई उनान्नब्बे लाख सतहत्तर हजार तीन सय सन्तानब्बे रूपैयाँ बिगो माग गरिएको छ।

 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  २ : १६ बजे

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।