सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन « Khabarhub

सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापन पत्र बुझाएको छ ।

संघका उपाध्यक्ष रामचन्द्र शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले औषधि व्यवसायी संघजस्ता सरोकारवालासँग छलफल नगरी ऐन ल्याइएको भन्दै असन्तुष्टि जनाएको छ । 

संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ‘औषधि तथा स्वास्थ्य सामग्री सल्लाहकार समिति’ मा नेपाल औषधि व्यवसायी संघलाई सदस्य नराखिएकाले संशोधन माग गरिएको छ । 

‘औषधि जस्तो संवेदनशील वस्तुसम्बन्धी ऐनको मस्यौदा बनाउँदा ५० वर्ष भन्दा वढी यही क्षेत्रमा योगदान गरेको महत्वपूर्ण सरोकारवाला संस्था नेपाल औषधि व्यवसायी संघलाई सम्बन्धित पक्षले कुनै पनि जानकारी नदिएको व्योहोरा समेत अवगत गराउँदछौँ,’ ज्ञापन पत्रमा भनिएको छ । संस्थागत प्रतिनिधित्व सुनिश्चित हुनेगरी संघले संशोधन विवरणसमेत पेस गरेको छ ।

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले १२ असोजमा गैरसरकारी विधेयक दर्ता गराएका थिए । सभामुख घिमिरेले संघको मागबारे आफ्नो ध्यानकर्षण भएको बताउँदै आवश्यक छलफल गर्ने उल्लेख गरे ।  संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले गैरसरकारी विधेयकका प्रक्रियाबारे जानकारी गराएका थिए । 

ज्ञापनपत्र बुझाउन उपाध्यक्ष रामचन्द्र शर्मा, महासचिव श्रीधर खनाल, कोषाध्यक्ष सम्राटमान जोशी, बागमती प्रदेश अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष बद्रिप्रसाद श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष ईन्द्रवीर महर्जन, भक्तपुर जिल्ला अध्यक्ष नारायणप्रसाद भूसाल, काठमाडौं जिल्ला महासचिव शुभमान श्रेष्ठलगायतका पदाधिकारी पुगेका थिए । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ३ : २२ बजे

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई