निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवालासँग छलफल हुने | Khabarhub Khabarhub

निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवालासँग छलफल हुने


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ ।

सोमबार निर्माणधीन संघीय संसद् भवनको अवलोकनपछि समितिले शहरी विकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीसँग प्रगति विवरण सहित छलफल गर्ने निर्णय गरेको हो । 

पटक पटक म्याद थप गर्दा पनि संघीय संसद भवनको निर्माणमा ढिलाई भइरहेको समितिको ठहर छ । अनुगमनका क्रममा समिति सदस्यहरूले कामदारहरूसँग निर्माणका लागि भएको समस्याका बारेमा जानकारी लिएको थियो । सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन बनाउन २०७६ मा सम्झौता भएपनि निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । 

दुई पटक म्याद थप गर्दा पनि कामको गति बढेको नदेखिएकाले सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरिएको समिति सभापति दीपक सिंहले जानकारी दिए ।

त्यस्तै चाडपर्व नजिकिँदै जाँदा मुलुकभरको राजमार्गका साथै यातायातको अग्रिम बुकिङका साथै बसको व्यवस्थाका बारेमा यातायात मन्त्रालयसँग छलफल गर्ने निर्णय गरिएको सभापति सिंहले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : ०८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु