नेप्से परिसूचकमा सामान्य अंकको सुधार « Khabarhub

नेप्से परिसूचकमा सामान्य अंकको सुधार


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अंकले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अंकमा कायम भएको हो ।

आज दुई सय ८६ कम्पनीको ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता शेयर ८५ हजार पाँच सय ९१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घट्दा अरु सबै समूहका उपसूचक बढेको छन् । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३३ र म्युचुअल फन्ड समूहको उपसूचक एक प्रतिशतले बढेको छ ।

आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एशिया बैंक लिमिटेडको रू २१ करोड ६८ लाख नौ हजार एक सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई लाख ८७ हजार ५२ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : २९ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न