पुस्तान्तरण नहुँदा धान नाच संकटमा « Khabarhub

पुस्तान्तरण नहुँदा धान नाच संकटमा


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– विगतमा गाउँगाउँमा प्रशस्तै देखिने धान नाच आजभोलि भने कमै देखिन्छ । लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच पुस्तालाई हस्तान्तरण हुन नसक्दा संकटमा पर्दै गएको हो । 

धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिकरूपमा नाच्ने गरिन्छ । लिम्बू समुदायमा हुने विवाह, सुख-दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ । धान नाच साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन् । वृद्धवृद्धा पनि उत्तिकै सौहार्दता साथ नाचमा सरिक हुन्छन् ।

लिम्बू जातिहरुको साँझा संस्थान याक्थुङचुम्लुङ ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङबोका अनुसार धान नाच साइनो सम्बन्धभन्दा अलग रहेर नाच्ने गीरन्छ । नाच्नुभन्दा अधि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो नभए माफी मागेर छुट्नुपर्छ । उनले भनिन् ‘धान नाच अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलबस टेक्न पुगे पनि माफी माग्नुपर्छ । यो नाच्ने ठाउँलाई ‘खला’ भनिन्छ । यो लिम्बू जातिको चिनारीसमेत हो ।’ 

यो नाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धान नाच अहिले ‘खला’बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुनपुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा यो नाच लोप भएर जान लागेको याक्थुङ प्रज्ञाप्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु बताउँछन्। उनले भनिन् ‘खलामा नाचिने धान नाचमा जुन मौलिकता हुन्छ, भिडियो र स्टेजमा देखाइने धान नाचमा हुँदैन । खलाबाट त धान नाच हराइ नै सक्यो ।’

धान नाच्दा पालाम (एक प्रकारको छन्दबद्ध गीत) गाउनु अनिवार्य छ । पालाम केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरण गरेर गाइन्छ । पालाममा सृष्टिको उत्पति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन् । पालाम बिटमै दर्जनौँं गीतको संगीत गरेका संगीतकार प्रेम पन्दाक भने, ‘धान नाचको क्रममा पालाम गाउँदा गाउँदै प्रेममा परेर विवाह गर्ने दम्पति थुप्रै छन् । अहिले धान नाच र पालाम दुबै खलाबाट लोप भएर जानु दुःखद् कुरा हो ।’

धान नाचको उत्पतिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा उल्लेख छ । ‘फाङभङना’ नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बीउ ल्याएर दिएपछि मानिस कृषि युगमा प्रवेश गरेको मुन्धुममा उल्लेख छ ।

मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चरा आएर खाइदिन थाले । तब मानिसहरूले नयाँ जुक्ति निकाले । पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा  हा ।।’ भन्दै धान कुल्चन थाले । चराहरू पर भागे । धान नाच हुन गएको धान नाचबारे जानकार बताउँछन् ।

पूर्वका लिम्बू बाहूल्य जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायत जिल्लामा यो नाच लोप हुनलागेको हो । पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवा पुस्तामा मौलिक कला–संस्कृतिप्रतिको घट्दो रुचीका कारण धान नाच पनि लोप हुनलागेको याक्थुङ चुम्लुङ ताप्लेजुङका सचिव सरोज कङ्लिवाले बताए। 

कङ्लिवाका अनुसार याक्थुङचुम्लुङ ताप्लेजुङले संकटमा पर्दै गएपछि धान नाच कार्यक्रम गर्दै आएको छ । विभिन्न जात्रा महत्सव र विभिन्न पर्वमा धान नाच कार्यक्रम गर्दै आएको कङ्लिवाले बताए। विभिन्न जातजातिको मौलिक कला–संस्कृतिको पुनःउत्थानका लागि राज्य र सम्बन्धित समुदायको सहकार्यमा साँस्कृतिक पुनःजागरणका काम गर्न जरुरी रहेको केरुङ बताउँछन्।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ५ : १३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको