यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाविरुद्धको खोप बनाउने वैज्ञानिकलाई दिइने | Khabarhub Khabarhub

यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाविरुद्धको खोप बनाउने वैज्ञानिकलाई दिइने


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार क्याटलिन क्यारिको र ड्रिउ वाइसम्यानले पाएका छन् ।

स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार क्यारिको र वाइसम्यानलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो । कोरोना भाइरसविरुद्ध एमआरएनए भ्याक्सिन विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो ।

उनीहरुले एमआरएनए भ्याक्सिनले मानव शरीरको प्रतिरक्षा प्रणालीमा कसरी काम गर्छ भनेर पत्ता लगाएका थिए ।

उनीहरुले विकास गरेको खोप अहिले विश्वभरि लाखौं मानिसहरूलाई दिइएको छ । नोबेल पुरस्कार समितिले भनेको छ, ‘आधुनिक समयमा मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतराको समयमा भ्याक्सिन विकासको अभूतपूर्व दरमा पुरस्कार विजेताहरूले योगदान दिए ।’

नोबल पुरस्कार विजेतालाई ९ लाख अमेरिकी डलरसँगै २४ क्यारेट सुनको तक्मा प्रदान गरिन्छ ।

 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ५ : २३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु