सुशासन र विकासमा इमान्दारितापूर्वक काम गरिरहेका छौँ : मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

सुशासन र विकासमा इमान्दारितापूर्वक काम गरिरहेका छौँ : मुख्यमन्त्री जम्कट्टेल


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सुशासन र विकासका क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेको बताएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा उनले भने, “सरकारले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको स्तरोन्नति, चिकित्सको दरबन्दी थपलगायतका काम गरेको छ ।” मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको विश्वविद्यालय बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनले काठमाडौँ–हेटौँडा जोड्ने मातातीर्थ, हुमाने भञ्ज्याङ र कुलेखानी फाखेल सडकको स्तरोन्नति र कालोपत्रको काम  आगामी माघभित्रै पूरा गर्ने गरी काम भइरहेको बताए । चिकित्सा शिक्षालाई गुणस्तरीय एवम् पारदर्शी ढङ्गबाट सबै विद्यार्थीको पहुँचमा पु¥याउने उद्देश्यले हेटौँडामा सुलभ मूल्यमा विद्यार्थीले चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षदेखि प्रदेशका १३ वटै जिल्लाका विभिन्न जातिका कृषकलाई अत्याधुनिक कृषिमा आकर्षित गर्ने सरकारले काम गरिरहेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले भने, “प्रदेशमा माछा, मासु, दूध, खाद्यान्न, च्याउ, तरकारी उत्पादन बढाइ सबै नागरिकहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य सरकारले लिएको र सोहीअनुसार काम भइरहेको छ ।”

आजको बैठकमा नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार कहाँ छ भनी प्रश्न गरे । उनले प्रदेश सरकार जनताको सरोकारसँग भन्दा पनि आफ्नो गठबन्धन टिकाउनेमा लागेको आरोप लगाए । प्रदेशसभाका अर्को बैठक असोज १६ गते अपराह्न २ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : १८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल