सुशासन र विकासमा इमान्दारितापूर्वक काम गरिरहेका छौँ : मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

सुशासन र विकासमा इमान्दारितापूर्वक काम गरिरहेका छौँ : मुख्यमन्त्री जम्कट्टेल


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सुशासन र विकासका क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेको बताएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा उनले भने, “सरकारले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको स्तरोन्नति, चिकित्सको दरबन्दी थपलगायतका काम गरेको छ ।” मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको विश्वविद्यालय बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनले काठमाडौँ–हेटौँडा जोड्ने मातातीर्थ, हुमाने भञ्ज्याङ र कुलेखानी फाखेल सडकको स्तरोन्नति र कालोपत्रको काम  आगामी माघभित्रै पूरा गर्ने गरी काम भइरहेको बताए । चिकित्सा शिक्षालाई गुणस्तरीय एवम् पारदर्शी ढङ्गबाट सबै विद्यार्थीको पहुँचमा पु¥याउने उद्देश्यले हेटौँडामा सुलभ मूल्यमा विद्यार्थीले चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षदेखि प्रदेशका १३ वटै जिल्लाका विभिन्न जातिका कृषकलाई अत्याधुनिक कृषिमा आकर्षित गर्ने सरकारले काम गरिरहेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले भने, “प्रदेशमा माछा, मासु, दूध, खाद्यान्न, च्याउ, तरकारी उत्पादन बढाइ सबै नागरिकहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य सरकारले लिएको र सोहीअनुसार काम भइरहेको छ ।”

आजको बैठकमा नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार कहाँ छ भनी प्रश्न गरे । उनले प्रदेश सरकार जनताको सरोकारसँग भन्दा पनि आफ्नो गठबन्धन टिकाउनेमा लागेको आरोप लगाए । प्रदेशसभाका अर्को बैठक असोज १६ गते अपराह्न २ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : १८ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर