पछिल्लो राजनीतिक उपलब्धि अहिंसात्मक बाटोबाटै प्राप्त भएको हो : सभापति देउवा « Khabarhub

पछिल्लो राजनीतिक उपलब्धि अहिंसात्मक बाटोबाटै प्राप्त भएको हो : सभापति देउवा


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पछिल्लो पटक भएको राजनीतिक उपलब्धी महात्मा गान्धीको अहिंसात्मक बाटोबाटै प्रेरित भएर भएको उल्लेख गरेका छन् ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले शुभकामना दिदै सो कुरा उल्लेख गरेका हुन् । अस्वस्थताका कारण कार्यक्रममा अनुपस्थित उनले दिएको लिखित शुभकामना मन्तव्यमा राजनीतिक परिवर्तनको उपलब्धिस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएर नयाँ संविधान जारी भएको उल्लेख छ ।

संविधानको सफल कार्यान्वयनका लागि अहिंसा र शान्तिको बाटो अनुशरण गर्दै मुलुकलाई शान्ति र समृद्धतर्फ लैजानु आजको प्रमुख आवश्यकता भएको सभापति देउवाको भनाइ छ ।

गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रेरित कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको नाममा स्थापना भएको प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभापति देउवा भाइरल ज्वरो र रुघाखोकी लागेका कारण उपस्थित हुन नसकेका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ५७ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला