चिसो मौसममा नाक र घाँटीको एलर्जी किन हुन्छ ? | Khabarhub Khabarhub

चिसो मौसममा नाक र घाँटीको एलर्जी किन हुन्छ ?

'धुलोबाट उत्पन्न हुने समस्या वातावरण सफा नभएसम्म कुनै औषधि खाएर पनि ठिक हुँदैन'


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

अहिले हामी गर्मी सकेर विस्तारै जाडोमा मौसममा प्रवेश गर्दैछौँ। प्राय मौसम परिवर्तनसँगै हाम्रो घाँटीमा विभिन्न समस्या देखा पर्छन्। घाँटी दुख्ने, खोकी लाग्ने, घाँटी खसखस गर्ने समस्या बढी नै देखिन्छन्। कसैलाई ज्वरो आउने हुन्छ भने कसैलाई रुघाखोकी पनि लाग्ने गर्छ। मौसम परिवर्तनसँगै थुप्रै मानिसमा घाँटी खस खस गर्ने र दुख्ने समस्या देखापर्छ। तर, घाँटी खसखस गर्ने विभिन्न कारण हुन्छन्। जसमध्ये मुख्य कारण भनेको एलर्जी हो। घाँटीमा खसखस वायु प्रदूषणका कारण पनि हुन्छ। यसले घाँटीमा मात्रै होइन, हाम्रो शरीरको जुनसुकै भागमा पनि असर गर्नसक्छ। कसैलाई धुलोले, कसैलाई चिसोले, कसैलाई प्रदूषणले पनि घाँटीमा खसखस हुन्छ। जाँड रक्सी सेवन, चुरोटको सेवन र धेरै मात्रामा चिल्लो पिरो खाँदा पनि घाँटीमा खसखस हुनसक्छ। यसै विषयमा आधारित रहेर खबरहबका लागि नाक कान घाँटी रोग विशेषज्ञ डा. दिपेन्द्र गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश :

घाँटी खसखस गर्ने के कारणले हुन्छ ?
कुनै व्यक्तिलाई रुघा लाग्नु भन्दा अगाडि कानको भित्री भाग चिलाउने, घाँटी चिलाउने, नाकदेखि पछाडिको भाग चिलाउने हुन्छ। यो इरिटेसन भएको अवस्था हो। सामान्य घाँटी सुन्निएको अवस्थामा यस्तो समस्या देखापर्छ। विशेषतः धुलो धुवाँको एलर्जी, प्रदूषण, खानपानले गर्दा एलर्जी हुन्छ। सामान्य भाषामा धुलो धुवाँले गर्दा एलर्जी भयो भनिन्छ। तर, मेडिकल भाषामा ‘हाइपरसेन्सिटीभिटी’ भनिन्छ। यसले सुरुमा सामान्य प्रभाव देखाउँछ। पछि दोस्रो, तेस्रो गर्दै घाँटी, नाक र श्वास नलीको कोषलाई असर गर्छ। यसलाई हामी सामान्य भाषामा एलर्जी भन्छौ। कहिले घाँटीको इन्फेक्सन, ग्यासको समस्याले पनि घाँटी खसखस हुन्छ। खानपान मिलेको छैन, तनाव लिइरहने बानी छ भने घाँटी, नाक र कानमासमेत असर गर्छ। धेरै व्यक्तिलाई एउटा भन्दा पनि अरु विभिन्न कारणले घाँटीको समस्या देखिने गरेको छ।

कुन उमेरका मानिसमा यो समस्या बढी हुन्छ ?
बालबालिका सबैभन्दा बढी सङ्क्रमण हुने गर्छ। वयस्क भन्दा वृद्ध वृद्धामा यो समस्या बढी हुने गरेको देखिन्छ। धेरै असर गर्ने भनेको धूम्रपान गर्ने, दीर्घ रोग भएका व्यक्ति र बालबालिकामा एलर्जी भए धेरै गाह्रो हुने गर्छ।

घाँटी खसखस गर्ने समस्यालाई मानिस सामान्य रूपमा लिने गर्छन्। यसको समयमै उपचार नगर्दा पछि कस्तो जोखिम हुन्छ ?
घाँटी खसखस गर्ने समस्या हुँदा यसको सामान्य अवस्थामै उपचार गरिएन भने ब्रोङकाइटिस, निमोनिया, दम, फोक्सो कडा हुँदै जाने अवस्थासम्म पनि पुग्नसक्छ। कहिलेकाहीँ हामीलाई रुघा लाग्ने, सिगाँन बग्ने, हाछ्युहाछ्यु आउने गरेको पाइन्छ। रुघा लागेको तीनदेखि चार महिनासम्म निको नहुने र नाकमा पोलिक पलाउने हुन्छ। त्यो पोलिकले गर्दा दुवै नाक बन्द हुने हुदाँ अप्रेशन गरेर फाल्नुपर्ने अवस्था आउन सक्छ। कसैलाई फंगस ग्रोथ भएर ठूलो अप्रेशन गर्नुपर्ने हुनसक्छ। क्षणिक रूपमा खाइने औषधिले शरीरमा रोग निम्ताउने, रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले आफै औषधि किनेर खानु हुँदैन।

यस्तो समस्याबाट जोगिने पहिलो उपाय भनेकै धुलोबाट बच्नु हो ?
हामीले यस्तो समस्या नआउन धुलोबाट बच्नु आवश्यक हुन्छ। धुँवाधुलोबाट लाग्ने रोग दीर्घ रोग हुन्। जबसम्म वातावरण सफा गर्ने र त्यसबाट बच्ने उपाय खोजिँदैन कुनै औषधि खाएर पनि ठिक हुँदैन। के रोग लागेको छ, जाँचेर मात्र औषधि खानुपर्दछ।

यो समस्यालाई कस्तो अवस्थामा जटिल ठानेर अस्पताल नै जानुपर्छ ?
सुरुमा कसैलाई घाँटी खसखस मात्र गरेको छ। ऐनामा हेर्दा रातो देखिएको छ। तर, तातोपानी खाँदा ठिक हुन्छ भने त्यो अवस्थालाई सामान्य रूपमा लिन सकिन्छ। यस्तो बेलामा कसैलाई दुवै नाक बन्द हुने, बाक्लो पहेँलो सिँगान आउने, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने, सास फेर्न गाह्रो हुने, लगातार चार हप्ता भन्दा बढी खोकी लागेर बाक्लो खकार आउँछ भने चिकित्सकलाई देखाएर के भएको हो भनी पत्ता लगाउनुपर्छ।

अस्पतालमा गइसकेपछि यो समस्याको कसरी उपचार गरिन्छ ?
सुरुमा त यो के कारणले भएको हो भनेर पत्ता लगाउनुपर्छ। एउटै कारणले घाँटीको समस्या हुँदैन। घाँटी खसखस गरेर धेरै जना अस्पताल पुगेपछि इन्डोस्कोपी गर्दा अरु रोग देखा पर्छ। त्यसैले पहिला नाकमा अरु कुनै इन्फेक्सन भएको छ छैन भनेर इन्डोस्कोपी बाट जाँच गरिन्छ। बोल्ने नली पनि जाँच गरिन्छ। कसैलाई एलर्जी भएर पिनास भएको हुनसक्छ। पिनास भएको छ छैन पनि जाँच गरिन्छ। फगंस इन्फेक्सन भएको छ भने सिटीस्क्यान गरेर हेर्ने गरिन्छ। सबै जाँच गरेपछि कारण पत्ता लगाएर त्यही अनुसारको उपचार गरिन्छ।

यो समस्या मौसम परिवर्तन हुने समयमा दोहोरिरहन्छ। यसलाई दोहोरी नै नदिन के गर्ने ?
धुलोको कारण हुने समस्या धेरै हुन्छन्। यसले इरिटेसन गरेर प्रत्यक्ष रूपमा फोक्सोमा असर गर्छ। अर्को हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई एकीकृत गराउँछ। थोरै धुलो हुँदा पनि सङ्क्रमण हुनेगर्छ। हामीले दीर्घकालीन रूपमा प्रदूषण घटाउनुपर्छ। नाकमा पोलिक पलाएको छ भने शल्यक्रियाबाट हटाउन सकिन्छ। यसको उपचार जटिल छ, त्यसैले यो समस्याबाट बैलैमा बच्नुपर्छ।

घाँटीमा केही समस्या नै नहोस् भनी के के कुरामा ध्यान दिने ?
यसको लागि सबै भन्दा पहिलो कुरा त धुलो धुवाबाट बच्नुपर्छ। सकेसम्म प्रदूषणमा निस्कनु हुँदैन। यदि निस्कनै परेमा मास्क लगाएर हिँड्दा मास्कमा पनि अहिले बजारमा के एन ९५, एन ९५ देखि विभिन्न कपडाको मास्क, सर्जिकल मास्क आएका छन्। एन ९५ मास्कले सानो सानो धुलोका कण पनि रोक्न सक्छ। तर, सबै जनालाई यो मास्क किन्न सहज हुँदैन। कुनै पनि दुई तह, तीन तह भएको मास्क लगायो भने रोगबाट बच्न सकिन्छ। मास्क लगाउँदा नाकको बीच भागमा टपक्क हुने गरी मिलाएर लगाउनुपर्छ। यसरी मास्क लगाएर धुलोबाट बच्न सकियो भने घाँटीमा हुने अरु धेरै समस्याबाट पनि बच्न सकिन्छ। घाँटीमा कुनै रोग लागेको छ भने सकेसम्म छिटो उपचार गराउँदा पछि अरु गम्भीर समस्या उत्पन्न हुन पाउँदैन। समयमा उपचार गरेमा दीर्घकालीन कुनै समस्या पनि हुँदैन।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ७ : ०१ बजे

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल