रिगलको आममाफीविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने | Khabarhub Khabarhub

रिगलको आममाफीविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिइएको विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । 

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा हिजो बहस सकिएकाले आज फैसला सुनाउन लागिएको हो । 

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 

सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए। ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र रिगल ढकाललाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ७ : ०७ बजे

कतारका प्रधानमन्त्री र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

काठमाडौँ– कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री

जम्मू-कश्मीरमा विधानसभा निर्वाचन गर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

नयाँदिल्ली– भारतको सर्वोच्च अदालतले सोमबार जम्मू–कश्मीरमा धारा ३७० को खारेजीलाई

अवैध लागूऔषधसहित ३ जना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-२ डोके बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो

शैजला आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा

सुन्तला उत्पादन बढेपछि किसान उत्साहित

धरान– सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडका किसान उत्साहित भएका छन्