इजरायली आक्रमणबाट जबलिया शरणार्थी शिविरका दुईसय जना मारिए  « Khabarhub

इजरायली आक्रमणबाट जबलिया शरणार्थी शिविरका दुईसय जना मारिए 


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा जबलिया शरणार्थी शिविरमा शरण लिइरहेका झण्डै दुईसय जना मारिएका छन् । यस्तै एक सयभन्दा बढी बेपत्ता छन् । 

गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।

अलजजिराका अनुसार सो आक्रमणमा परी हालसम्म १ सय ९५ जना मारिएको पुष्टि भएको छ भने १२० जना अझै बेपत्ता रहेका छन् । कम्तिमा पनि ७७७ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले जबलियामा मङ्गलबार र बुधबार भएको इजरायली हमलाहरूलाई ‘भयानक’ भनेका छन् ।

उता, मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्तले ‘असमान आक्रमणहरू युद्ध अपराध’ हुन सक्ने बताएको छ । इजरायलले भने हमासका एक कमाण्डरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ७ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको