ओमानद्वारा नेपालसामू १ सय ४६ रनको लक्ष्य | Khabarhub Khabarhub

ओमानद्वारा नेपालसामू १ सय ४६ रनको लक्ष्य


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा ओमानले नेपालसामू १ सय ४६ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

ओमानका कप्तान जिशन मक्सुदले सर्वाधिक ३२ रनको योगदान दिए । यस्तै, निशम खुशी र प्रतिश अथवलेले २४–२४, शकिल अहमदले २२ तथा आयन खानले १८ रन बनाए ।

नेपालका करण केसीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई तथा गुल्शन झा र अविनाश बोहराले एकएक विकेट लिए ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । आज हुने खेलले समूह बितेको टुङ्गो लगाउने छ ।

जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच चार खेल भएका छन् । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  १० : ४७ बजे

सोविता भन्छिन्- सरकारले फसाउन बल गर्दा अदालतले रविलाई न्याय गर्‍यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

बेइजिङ– विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत

एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला जेलतिर

पोखरा– पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र ठगी आरोपमा

‘सामाजिक सञ्जाल नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारीमा छौँ’

लेखनाथ– सञ्चार तथा  सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई