आर्थिक

प्रिओपन सेसनमा घट्यो नेप्से 

By खबरहब

November 02, 2023

काठमाडौँ– चालु साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो ।

सेसन अवधिमा नेप्से ०.२९ अंक घटेर १८५८.२६ को विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

सेसनमा ६ स्टकको १७५ कित्ता शेयर किनबेच भयो । जसमध्ये २ स्टकको मूल्य बढ्यो भने ४ वटा स्टकको मूल्य घट्यो। शेयर किनबेचबाट ५० हजार ९९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।