नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने दुई जना पक्राउ « Khabarhub

नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने दुई जना पक्राउ


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउपालिका वडा नं. ४ घर भई हाल काठमाडौँको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र काठमाडौँ नागार्जुन नगरपालिका वडा नं. १ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शङ्कास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगजुको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो ।

उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको अनुसन्धानबाट खुल्न आएकाले निजहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई कामपा–१३ मा घर भाडामा लिई वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो ।

उनीहरूलाई थप अनुसन्धान तथा  कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १ : १७ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच