एकीकृत विकास कार्ययोजना बनाउँदै काभ्रेपलाञ्चोकका चार स्थानीय तह « Khabarhub

एकीकृत विकास कार्ययोजना बनाउँदै काभ्रेपलाञ्चोकका चार स्थानीय तह


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका चार स्थानीय तहले पूर्वाधार विकासलगायत प्रकोप समाधानका लागि संयुक्तरुपमा ‘एकीकृत विकास’ कार्ययोजना बनाउने निर्णय गरेका छन् । 

जिल्लाको बेथानचोक, खानीखोला, महाभारत र रोशी गाउँपालिकाका जनप्रतिनिधि सम्मिलित अन्तरपालिका बैठकले आफ्नो क्षेत्रको विकासका लागि एकजुट हुने प्रतिबद्धता जनाएका हुन् । 

जिल्लाको दक्षिणी भेगमा अवस्थित यी गाउँपालिकामा भौगोलिक अवस्था मिल्दोजुल्दो रहेकाले सडक, पुल, सिँचाइ तथा भवनलगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना कार्यान्वयन गर्दा अन्तरपालिकाबीच आवश्यक समन्वय, सहकार्य र समझदारी कायम गरी संयुक्त रूपमा बजेट विनियोजन गर्न एकीकृत कार्ययोजना निर्माण गरी प्रदेश र सङ्घीय सरकारमा एकैसाथ जाने बैठकले निर्णय गरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।

‘चार गाउँपालिकाद्वारा योजना बनाएर बजेट विनियोजन गराउन एकीकृत कार्ययोजनाले अर्थपूर्ण दबाब पुग्नेछ’, उनले भने । जिम्बाका अनुसार प्राकृतिक स्रोतसाधन, सामाजिक–भौगोलिक बनोटका आधारमा एक अर्कासँग जोडिएका गाउँपालिकाबीच विकास निर्माणमा समन्वय गर्न बैठकको आयोजना गरिएको हो । 

अन्तरपालिका विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासको अनुभव आदानप्रदान गर्न अन्तर्पालिका बैठक आवधिक रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय भएको जिम्बाले बताए । चारै पालिकाका नागरिकको आयस्तरमा वृद्धि गरी समृद्ध पालिका निर्माण गर्न पर्यटकीय गन्तव्य पहिचान र संरक्षण गरी एकीकृत पर्यटन पूर्वाधार विकास गर्ने, महाभारत ट्रेल (पर्यटन पदमार्ग), नारायणस्थान, तिनतले झरना, शिव पार्वती गुफा, कपेर महाकाल, तिलेश्वर पर्यटन क्षेत्र, तारखसे लेक, घ्याङलेक, चैतेपानी तथा भूमेचुली पर्यटन क्षेत्रको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रवर्द्धनमा संयुक्त लगानी गर्ने निर्णय भएको उनको भनाइ थियो ।

बैठकले चार गाउँपालिका समेट्ने जनमुक्ति मार्ग निर्माण गर्न संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, सम्भावित प्राकृतिक-गैर प्राकृतिक, मानव स्वास्थ्य तथा पशुजन्य विपद्लगायतका प्रकोपको पहिचान तथा घटनाको न्यूनीकरण, विकासका साझा योजना तथा कार्यक्रम पहिचान गरी प्रभावकारी कार्यान्वयन, उपलब्ध प्राकृतिक स्रोतको पहिचान गरी आपसी सहकार्यमा जोड दिनेलगायत नौ बुँदे सहमति भएको अध्यक्ष जिम्बाले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  १ : ५५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५