भविष्यलाई सोचेर योजना निर्माण गर्नुपर्छ : युवराज दुलाल « Khabarhub

भविष्यलाई सोचेर योजना निर्माण गर्नुपर्छ : युवराज दुलाल


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले विकास निर्माणका काममा भविष्यलाई सोचेर योजना बनाउनुपर्ने बताएका छन् ।

पूर्वाधार विकास कार्यालय भरतपुरले आयोजना गरेको सिसवार–सिसही–वनकठ्ठा–मगनी–नमुनाचोक–पिप्रा–दद्रनी सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भविष्यका लागि सोचेर ठूला परियोजना निर्माण गर्नुपर्ने बताए ।

निर्वाचनको समयमा विचार फरक भए पनि विकास निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने मन्त्री दुलालको भनाइ थियो । उनले भने ‘विकासका लागि मिलेर जाने हो । हामी मिल्न सकेनौँ भने विकास भन्दा पनि विनाश बढी हुन्छ ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा एक हजार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने गरी काम गरेको मन्त्री दुलालले जानकारी दिए । 

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलेसम्म ४४ किलोमिटर रिङरोड निर्माण गरिसकेको बताए । रिङरोड निर्माणका लागि महानगरले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढेको उनको भनाइ थियो ।

कार्यक्रममा महानगर उपप्रमुख चित्रसेन अधिकारीले विकास निर्माणको काममा महानगरले समन्वय र सहजीकरण गर्ने गरेको भन्दै समयमा नै निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने बताए ।

उद्घाटन गरिएको सडक सात दशमलव ९१४ किलोमिटर लामो छ । विसं २०७८ पुस ८ गते निर्माणका लागि ठेक्का सम्झौता गरी विसं २०८० असोज ८ गते सडक कालोपत्र गरिएको हो । रू १४ करोड ६० लाख ६६ हजार छ सय ५५ मा निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीले सडकको बारेमा जानकारी गराएका थिए । समयमा नै काम सम्पन्न गरेको भन्दै उद्घाटन कार्यक्रममा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  २ : ०५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्