टि-२० विश्वकप छनोट : यूएईसँग हङकङ पराजित, सेमिफाइनलमा नेपाल र यूएई भिड्ने « Khabarhub

टि-२० विश्वकप छनोट : यूएईसँग हङकङ पराजित, सेमिफाइनलमा नेपाल र यूएई भिड्ने


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले हङकङलाई पराजित गरेको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा हङकङलाई २२ रनले पराजित गर्दै यूएई समूह ‘बी’ को विजेता बन्न सफल भयो । यो जितसँगै यूएईले भोलि हुने सेमिफाइनल खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५४ रनमा समेटियो ।

हङकङका लागि अन्स्या राथले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा ८ चौकासहित सर्वाधिक ५९ रन बनाएका हुन् । त्यस्तै एजिज खानले २६ निजाकत खानले २५, तथा नस्रुल्लाह रानाले १३ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यूएईका अली नासिर र जहुर खानले समान दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनाएको थियो । यूएईका लागि वासिल हामिदले सर्वाधिक ५१ रनका योगदान दिए । उनले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाएका हुन् ।

कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोडे । एलिशान शराफुले २४ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । वृत्य अरविन्द्यले १९ रन जोड्दा  खालिद शाह ६ तथा आसिफ खान ४ रनमा आउट भए । हङकङका यासिम मुर्तजाले तीन विकेट लिए भने नस्रुल्लाह रानाले दुई विकेट लिए । त्यस्तै एहसान खानले एक विकेट लिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  २ : ३३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल