भारतको बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु « Khabarhub

भारतको बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

पटना- भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अरु सात जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर  उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुङ्गा पल्टिएको थियो ।

अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए । “बिहीबार साँझ सरयु नदीमा १९ जना सवार डुङ्गा पल्टियो, दुई जनाको शव निकालेका छौँ र हराइरहेका सात जनाको खोजी भइरहेको छ”, सारणका जिल्ला अधिकारी अमन समिरले भने, “पौडी खेलेर बचेका १० जना सुरक्षित छन् ।”

डुङ्गा पल्टिएपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान टोलीलाई घटनास्थलमा पठाएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ३ : ४४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर