कंगना रनौतको ‘तेजस’ यो वर्षकै सर्वाधिक ‘फ्लप’ « Khabarhub

कंगना रनौतको ‘तेजस’ यो वर्षकै सर्वाधिक ‘फ्लप’


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

मुम्बई- भारतीय अभिनेत्री कंगना रनौतको फिल्म तेजस सन् २०२३ को सर्वाधिक फ्लप फिल्म साबित भएको छ । २७ अक्टोबरमा रिलिज भएको यो फिल्मले चौथो दिनमा जम्ममा ४० लाख रुपैयाँ मात्रै कमायो । ४ दिनमा फिल्मको कलेक्सन ४ करोड १५ लाख रुपैयाँ मात्रै छ ।

घोषणा भएदेखि रिलिज नहुँदासम्म फिल्मले निकै चर्चा बटुलेको थियो । फिल्मबाट दर्शकले धेरै अपेक्षा पनि गरेका थिए । तर न त फिल्मको कहानीले दर्शक तान्न सक्यो न त भीएफएक्सले दर्शकलाई आकर्षित गर्न सक्यो ।

दर्शकहरूलाई हलसम्म तान्न फिल्म पूर्ण असफल रह्यो । दर्शक पाउनै छाडेपछि फिल्मको आधाभन्दा धेरै शो रद्द गरिएको छ । केही फिल्म विश्लेषकहरूले यसलाई सबैभन्दा खराब फिल्मको ट्याग लगाइदिएका छन् ।

सोमबार हलमा फिल्मको अकुपेन्सी ६ दशमलव ६ प्रतिशत मात्रै थियो । ओपनिङ डेमा १ कोड २५ लाख रुपियाँको कारोबार गरेको फिल्मले त्ययता खासै राम्रो व्यापार गर्न सकेन । फिल्मको लागि सप्ताहन्त महत्त्वपूर्ण मानिन्छ । तर सप्ताहन्तमा समेत फिल्मले दर्शक पाएन ।

स्रोत- एएनआई

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ६ : ०० बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा