कंगना रनौतको ‘तेजस’ यो वर्षकै सर्वाधिक ‘फ्लप’ « Khabarhub

कंगना रनौतको ‘तेजस’ यो वर्षकै सर्वाधिक ‘फ्लप’


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

मुम्बई- भारतीय अभिनेत्री कंगना रनौतको फिल्म तेजस सन् २०२३ को सर्वाधिक फ्लप फिल्म साबित भएको छ । २७ अक्टोबरमा रिलिज भएको यो फिल्मले चौथो दिनमा जम्ममा ४० लाख रुपैयाँ मात्रै कमायो । ४ दिनमा फिल्मको कलेक्सन ४ करोड १५ लाख रुपैयाँ मात्रै छ ।

घोषणा भएदेखि रिलिज नहुँदासम्म फिल्मले निकै चर्चा बटुलेको थियो । फिल्मबाट दर्शकले धेरै अपेक्षा पनि गरेका थिए । तर न त फिल्मको कहानीले दर्शक तान्न सक्यो न त भीएफएक्सले दर्शकलाई आकर्षित गर्न सक्यो ।

दर्शकहरूलाई हलसम्म तान्न फिल्म पूर्ण असफल रह्यो । दर्शक पाउनै छाडेपछि फिल्मको आधाभन्दा धेरै शो रद्द गरिएको छ । केही फिल्म विश्लेषकहरूले यसलाई सबैभन्दा खराब फिल्मको ट्याग लगाइदिएका छन् ।

सोमबार हलमा फिल्मको अकुपेन्सी ६ दशमलव ६ प्रतिशत मात्रै थियो । ओपनिङ डेमा १ कोड २५ लाख रुपियाँको कारोबार गरेको फिल्मले त्ययता खासै राम्रो व्यापार गर्न सकेन । फिल्मको लागि सप्ताहन्त महत्त्वपूर्ण मानिन्छ । तर सप्ताहन्तमा समेत फिल्मले दर्शक पाएन ।

स्रोत- एएनआई

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ६ : ०० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार