पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन सकिँदैन : ओली « Khabarhub

पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन सकिँदैन : ओली


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने स्पष्ट पारेका छन् ।

बिहीबार संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा  परिणत भइसकेकाहरूलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिने भन्दै पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताएका हुन् । 

हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउन थालिएको र हिंसाको जयगान हुन थालेको भन्दै उनले आपत्ती जनाए । उनले अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्ले दिएको सुझाव, सर्वोच्चको आदेशअनुसार शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्नेमा जोड दिए । त्यस्तै ओलीले वर्तमान सरकारले संसदीय प्रक्रिया र लोकतान्त्रीक अभ्यासलाई ध्वस्त पारेको आरोप लगाए । 

बहुमतका आधारमा संसद्लाई पङ्गु बनाउने काम भएको र मिटर ब्याजी कानून बाहेक अरु केही काम हुन नसकेको उनको भनाइ छ । उनले वर्तमान सरकार संविधान विपरित चल्ने स्वेच्छाचारी भएको र राजनीतिक तथा संवैधानिक हिसाबले भ्रष्ट भएको जिकिर गरे ।

ओलीले एमाले बाहेक अरु कसैको नेतृत्वमा देशको विकास सम्भव नरहेको भन्दै मिसन ८४ मा ध्यान केन्द्रित गर्न सांसदहरूलाई निर्देशन दिए । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ६ : १६ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव