मुलुकको आर्थिक अवस्थामा निकै चुनौती : माधव नेपाल « Khabarhub

मुलुकको आर्थिक अवस्थामा निकै चुनौती : माधव नेपाल


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषिलाई ध्यान दिएर स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘देशको अवस्थालाई हेर्नु छ भने विमानस्थलमा पुगेर हेर्नुपर्छ । विदेश गएर युवा कुन अवस्थामा छन् । देशको नेतृत्व गर्नेले कत्तिको देश र जनताप्रति इमानदार भएर काम गरिरहेका छौँ त ?’

नेपालीले अनेकौँ चुनौतीको सामना गर्दै आएको बताउँदै अध्यक्ष नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको र व्यवसायीमा पनि संकट रहेको उल्लेख गरे। विप्रेषण पनि दैनिक उपभोग्य वस्तुमा खर्च भएको बताउँदै उनले योजना निर्माण र बजेट विनियोजनमा त्रुटि रहेको औँल्याए ।

‘कृषिजन्य धेरै वस्तु आयात गरिरहेका छौँ । हामीले आफ्नै देशमा उत्पादन गर्न सक्ने चिज पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । नेपालमै कृषि उत्पादन बढाउन राज्य चुकेको छ । भ्रष्टाचार गर्ने महारोगबाट नेपाललाई मुक्त गर्नुपर्छ’, अध्यक्ष नेपालले भने, ‘सरकारले राज्य प्रणालीलाई पारदर्शी बनाउनुपर्छ । इमान्दारिता, पारदर्शिता, जनताको पीडा र वेदनालाई महसुस गरेर अघि बढौँ ।’

इजरायलमा १० नेपाली विद्यार्थीको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने माग गरे।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ६ : ४८ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक