संविधानमा बलमिच्याइँ गरेपछि सर्वोच्चले रिगलको मुद्दा उल्ट्याइदियो : ओली « Khabarhub

संविधानमा बलमिच्याइँ गरेपछि सर्वोच्चले रिगलको मुद्दा उल्ट्याइदियो : ओली


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले संविधानमा बलमिच्याइँ गरेको आरोप लगाएका छन् ।

बिहीबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानमा बलमिच्याइँ गरेपछि सर्वोच्चले रिगलको मुद्दा उल्टयाइदिएको बताएका हुन् ।

‘सरकारले संविधान मिच्ने, आफूसँग गठबन्धनको बहुमत छ भन्ने अहंकार देखाउने, अदालतले पटक पटक सचेत गराउँदासमेत कानूनीराज होइन बलमिच्याइँ गर्ने काम गर्‍यो’ उनले भने, ‘आजैमात्र पनि सर्वोच्च अदालतले रिगलको सन्दर्भमा सरकारको सिफारिसमा राष्ट्रपतिले माफी मिनाहा गर्नुभएको थियो र गठबन्धनले बाजागाजा, अबिर जात्रा र फूलमालासहित स्वागत गरेर लगेको थियो ।’

यस्तै अध्यक्ष ओलीले पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिर्णत भइसकेकाहरुलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिने भन्दै पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताए ।

हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउन थालिएको र हिंसाको जयगान हुन थालेको भन्दै उहाले आपत्ती जनाए । उनले अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्ले दिएको सुझाव, सर्वोच्चको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिए । त्यस्तै ओलीले वर्तमान सरकारले संसदीय प्रक्रिया र लोकतान्त्रीक अभ्यासलाई ध्वस्त पारेको आरोप लगाए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ९ : २५ बजे

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार