श्रीलङ्कालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा प्रवेश « Khabarhub

श्रीलङ्कालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा प्रवेश


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । एक दिवसीय विश्वकप प्रतियोगितामा आयोजक राष्ट्र भारत सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार श्रीलंकालाई ३०२ रनले पराजित गर्दै भारतले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो । ३५८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा अल आउट हुँदै ५५ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका तर्फबाट एन्जेलो म्याथ्युजले १२, महेश तिक्षणाले १२ र कसुन रजिथाले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३, जसप्रित बुमराह र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायो । उसका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस ऐयरले ८२ रन बनाएका थिए ।

बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशनाकाले ५ विकेट लिए । योसँगै भारत १३ औँ संस्करणको प्रतियोगितामा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

जारी प्रतियोगितामा ७ खेल खेलेको भारतले सबै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान ओगटेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ९ : ४४ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै