पाकिस्तानमा पोलियोको प्रकोप « Khabarhub

पाकिस्तानमा पोलियोको प्रकोप


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा पुनः पोलियोको प्रकोप देखिएको छ । मुलुकका विभिन्न चार सहरमा संकलन गरिएका नमूनाको परीक्षण गर्दा वाइल्ड पोलियोभाइरस १ (डब्लूपीभी १) देखिएको हो ।

पाकिस्तानको एआरवाई न्यूजले जनाएअनुसार कराँची, पेशावर, रावलपिण्डी र चमन सहरबाट संकलन गरिएका नमूनाको परीक्षण गर्दा पोलियो देखिएको हो । पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानको पोलियो प्रयोगशालालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार ती भाइरस अफगानिस्तानबाट आएको देखिएको छ ।

यता पाकिस्तानका स्वास्थ्यमन्त्री डा. नदिम जानले पोलियो पत्ता लागेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले बालबालिकालाई पोलियोबाट जोगाउन आवश्यक सबै कदम चाल्नसमेत अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

योसँगै पाकिस्तानमा परीक्षण गरिएका ४३ नमूनामा पोलियो देखिएको छ । यसअघि स्वास्थ्यमन्त्री जानले मुलुकमा देखिएका ९० प्रतिशतभन्दा धेरै पोलियो ‘अफगानिस्तानबाट आयात भएको’ टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ९ : ४९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति