पाकिस्तानमा पोलियोको प्रकोप | Khabarhub Khabarhub

पाकिस्तानमा पोलियोको प्रकोप


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा पुनः पोलियोको प्रकोप देखिएको छ । मुलुकका विभिन्न चार सहरमा संकलन गरिएका नमूनाको परीक्षण गर्दा वाइल्ड पोलियोभाइरस १ (डब्लूपीभी १) देखिएको हो ।

पाकिस्तानको एआरवाई न्यूजले जनाएअनुसार कराँची, पेशावर, रावलपिण्डी र चमन सहरबाट संकलन गरिएका नमूनाको परीक्षण गर्दा पोलियो देखिएको हो । पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानको पोलियो प्रयोगशालालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार ती भाइरस अफगानिस्तानबाट आएको देखिएको छ ।

यता पाकिस्तानका स्वास्थ्यमन्त्री डा. नदिम जानले पोलियो पत्ता लागेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले बालबालिकालाई पोलियोबाट जोगाउन आवश्यक सबै कदम चाल्नसमेत अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

योसँगै पाकिस्तानमा परीक्षण गरिएका ४३ नमूनामा पोलियो देखिएको छ । यसअघि स्वास्थ्यमन्त्री जानले मुलुकमा देखिएका ९० प्रतिशतभन्दा धेरै पोलियो ‘अफगानिस्तानबाट आयात भएको’ टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ९ : ४९ बजे

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।