‘कोक्रामा सुतेका शिशु मार्नेलाई माफी दिइन्न’ « Khabarhub

‘कोक्रामा सुतेका शिशु मार्नेलाई माफी दिइन्न’


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले कोक्रामा सुतेका शिशुको हत्या गर्ने अतिवादी समूह हमासलाई इजरायल सरकारले कदापि क्षमा नदिने दृढता व्यक्त गर्दै जस्तोसुकै मूल्य चुकाएर भए पनि उक्त समूहलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आतङ्कवादी समूह हमासले गत असोज २० गते इजरायलमा गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनमा आज उनले आफ्नै निवासमा आयोजना गर्नुभएको स्मृतिसभामा अरुको सहाराबिना एक पाइलो हिँड्न नसक्ने ज्येष्ठ एवं असक्त नागरिक, गर्भवती, कोक्रामा सुतेका अवोध शिशुको हत्या गर्नेलाई आफ्नो देशको सरकारले जस्तोसुकै मूल्य चुकाएर भए पनि कारबाही गरेरै छाड्ने बताए ।

“हामी शान्ति चाहन्छौँ, हमासबाहेक गाजा क्षेत्रका हाम्रा दाजुभाइलाई हामी सैनिक आक्रमणको सिकार बनाउन चाहँदैनौँ, त्यहाँबाट तत्काल अन्यत्र जान अनुरोध गरेका छौँ । हाम्रो अनुरोधअनुसार गाजालगायत द्वन्द्व अतिप्रभावित प्यालेष्टिनी भूमिबाट आठ लाख मानिस सुरक्षित स्थानतर्फ गएका छन्”, हमासले आत्मसमर्पण गरेमा मात्र सैनिक कारबाही रोकिने बताउँदै राजदूत गोडेरले भने ।

इजरायलमाथि गरिएको आतङ्कवादी हमलाका क्रममा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीसहित सबै दुई सय ४० जनालाई निःशर्त रिहा गर्न राजदूत गोडेरले आग्रह गरे।

हमाससँग युद्धविराम गर्न इजरायल तयार रहेको तर त्यसो गर्दा अर्को अतिवादी समूह हेजबुल्लाहले आक्रमण गर्ने जोखिम उत्तिकै रहेको र हमासले पनि शक्ति सञ्चय गरी निर्दोष नागरिकलाई मार्ने भएकाले उक्त समूहलाई विश्वास गर्न सक्ने आधार नभएको बताए । हमासलाई परास्त गर्न एक हजार चार सय इजरायली सुरक्षाकर्मीले प्राणको आहुति दिएका बताउँदै विश्वका ५७ देशले इजरायललाई तारो बनाएकामा दुःख व्यक्त गरे।

परराष्ट्र मन्त्रालयका सहसचिव शरद्राज अरणले संसारका जुनसुकै भागमा हुने आतङ्कवादी हमलाको नेपालले सधैँ निन्दा गर्दै आएको र आतङ्कवादका जुनसुकै रुप र प्रकटीकरणका विरुद्धमा नेपाल रहेको स्पष्ट गरे ।

सभामा हमासको आक्रमणबाट ज्यान बचाएर स्वदेश फर्किएका तीन जना विद्यार्थीले असोज २० गते आफूले भोगेको त्रासदीको वर्णन गरेका थिए । सभामा दिवङ्गत नेपाली सम्झनामा मैनबत्ती बालिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  १० : ४९ बजे

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०