‘जेड प्लान्ट’ के हो ? किन रोपिन्छ ?  | Khabarhub Khabarhub

‘जेड प्लान्ट’ के हो ? किन रोपिन्छ ? 


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

हामी धेरैका घरमा विभिन्न थरीका बिरुवाहरू तथा फुलहरू लगाउने गरिएको हुन्छ । पछिल्लो समय अधिकांश घर तथा अफिसहरूमा इन्डोर प्लान्टहरूले सजाउने गरिएको पाइन्छ ।

मानिसहरू आफ्नो घर हरियाली राख्न चाहन्छन् । यस्तो अवस्थामा जेड प्लान्ट, मनिप्लान्ट, स्नेक प्लान्ट लगायतका इनडोर बिरुवाहरू रोप्ने गर्छन् । आज हामी यसैमध्येको जेड प्लान्टका बारेमा चर्चा गर्नेछौँ ।

जेड प्लान्ट सुन्दर मात्र होइन घर भित्र र बाहिर दुवै स्थानमा लगाउन मिल्ने सजिलो एक लोकप्रिय हाउस प्लान्ट हो ।

जेड बिरुवा कम उज्यालो अवस्थामा बाँच्न सक्छ बिरुवा पनि हो । यसको पातहरू रसिला र लचिलो हुन्छन् ।

दक्षिण अफ्रिकाबाट आएको यो प्लान्टको वैज्ञानिक नामको ‘क्रस्युला ओभट्टा’ हो यसलाई ‘पैसा प्लान्ट’ पनि भनिन्छ । यसलाई जड धन, समृद्धि, र राम्रो भाग्य को प्रतीक पनि मानिन्छ ।

स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिने यो प्लान्ट अक्सिजनको राम्रो स्रोत मानिन्छ । यसले भित्री वायुको गुणस्तर सुधार गर्नाका साथै आर्द्रता कायम राख्न मद्दत गर्दछ ।

विशेष गरी जेड बिरुवा राम्रो भाग्य, समृद्धि, र प्रचुरताको प्रतीक मानिन्छ । यो बिरुवा रोपेमा राम्रो स्वास्थ्य र आर्थिक लाभ हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ६ : १७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग