प्रधानमन्त्री दाहालले आज कोप–२८ सम्मेलनलाई सम्बोधन गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहालले आज कोप–२८ सम्मेलनलाई सम्बोधन गर्ने


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) सम्मेलनलाई सम्बोधन गर्दैछन् ।

बिहीबार सुरु भएको सम्मेलनमा हिजो र आज सम्मेलनमा सहभागी राज्य सरकार र प्रमुखहरूले सम्बोधन गर्ने कार्यतालिका अनुसार प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालले सम्मेलनमा जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्तासमेत गर्दै छन् ।

प्रधानमन्त्री दाहाल सम्मेलनमा भाग लिन बुधबार राति नेपाल एयरलाइन्सको जहाजमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) गएका थिए । उनीसहितको टोली भोलि स्वदेश फर्किनेछ ।

याे पनि पढ्नुहाेस् :

नेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ८ : ३२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय