पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री « Khabarhub

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

युएई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा अवसरमा आज उनले हिमालका मुद्दा सम्बन्धमा आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने र संकट आइसकेको छ ।’ उनले यस सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रुपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री दाहालले भने, ‘यो हाम्रो न्यायको विषय हो र अधिकारको विषय पनि हो ।’ सबै मिलेरमात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिनेमा उनको जोड थियो ।  

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताउँदै जिम्मेवार मुलुक र निकायले छिटोभन्दा छिटो सम्बोधन गर्न लाग्नुपर्ने बताएका छन् । ‘मैले आफैँले हिमालमा जलवायु परिवर्तनमा असर हेरेर आएको छु । अब यसमा ढिला भइसक्यो । सम्बोधन गर्न सबै लाग्नुपर्छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले आयोजना गरेको कार्यक्रममा महासचिव, एन्डोराका प्रधानमन्त्री, किर्गिजिस्तानका मन्त्री, भुटानका प्रतिनिधिमण्डलका प्रमुख, विभिन्न निकायका उच्च अधिकारी, वैज्ञानिकलगायतले पेरिस सम्झौता कार्यान्वयनमा जोड दिएका थिए । 

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरे पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १ दशमलव ८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लने अनुमान अध्ययनहरूले गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १ : ४२ बजे

महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफा गर्न थाले सफाइकर्मी

काठमाडौं– महाशिवरात्रीको अवसरमा पशुपति नाथ क्षेत्रमा थुप्रिएको फोहोरमैला क्रिएसनद्धारा परिचालन गरिएका

आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

भक्तपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा

ओलीको आग्रह : आफूसँगै आफन्त र छिमेकीलाई पनि एमालेमा मत हाल्न लगाउनुस्

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेलाई

‘आबाट आमा’को व्यापार ८ करोड नाघ्यो, ‘कुमारी’ र ‘रमिताको पिरती’ लाखमै सीमित

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’को व्यापार

मत सर्वेक्षणसम्बन्धी समाचारप्रति रेनुको आपत्ति, सेतोपाटीलाई कारबाही गर्न काउन्सिललाई आयोगको पत्र

चितवन – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार