औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या « Khabarhub

औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको बैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य फोहर विसर्जन गर्ने मेसिन) सञ्चालन नहुँदा औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या भएको छ ।

स्वास्थ्य केन्द्रमा औषधिजन्य फोहर विसर्जन गर्ने दुई थान अटोक्लेभ मेसिन भए पनि दुवै सञ्चालन नगरी थन्क्याएर फोहरलाई डम्पिङसाइटमा फाल्ने गरिएको छ ।

औषधिजन्य फोहर डम्पिङसाइटमा पठाउँदा जनस्वास्थ्यमा नकारात्मक असर पर्दै गएको वैजनाथ गाउँपालिकाका नागरिक अगुवा पुनितविक्रम शाहले बताएका छन् । ‘भएको मेसिन थन्क्याएर फोहर खुलेयाम डम्पिङसाइटमा पठाएर मानव स्वास्थ्यमा खेलबाड गर्ने काम भएको छ’, उनले भनेका छन्, ‘मेसिन सञ्चालन गरेर औषधिजन्य फोहर निर्मूलीकरणमा गाउँपालिकाले चासो दिन जरुरी छ ।’

केन्द्रमा एक वर्ष अघि ग्रामीण गेरुवा जागरण सङ्घले अटोक्लेभ मेसिन सहयोग गरेको थियो । एउटा हुँदा हुँदै लुम्बिनी प्रदेश सरकारले अर्को मेसिन केन्द्रलाई दिए पनि उपयोग हुन सकेको छैन । 

मेसिनबाट केही समय औषधिजन्य फोहर निर्मूलीकरण हुँदै आए पनि पाँच महिनायतादेखि फोहर डम्पिङसाइटमा पठाउने गरिएको हो । केन्द्रका निमित्त प्रमुख सिनियर अनमी दुर्गा भण्डारीले एउटा मेसिन बिग्रिएर थन्किएको र प्रदेश सरकारले दिएको नयाँ मेसिन सञ्चालनमा नआएको बताएका छन् । केन्द्रसँग बजेट नहुँदा भएका मेसिन सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो । 

वैजनाथ–५ का वडाध्यक्ष तथा केन्द्रका सञ्चालन समितिका अध्यक्ष देवबहादुर रावतले अस्पतालजन्य फोहर निर्मूलीकरण गर्ने दुई थान अटोक्लेभ मेसिन थन्क्याएर फोहर ट्रेक्टरलाई दिन बाध्य भएको बताएका छन् ।

गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले अटोक्लेभ मेसिन बिग्रिएर औषधिजन्य फोहर पनि डम्पिङसाइटमा पठाएको हुनसक्ने बताउँदै मेसिन सञ्चालनमा आवश्यक प्रक्रिया सुरु गर्ने जानकारी दिए । 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १ : ५१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण