मोरङ-कटहरी सडकको निर्माण कार्य पुनः शुरु « Khabarhub

मोरङ-कटहरी सडकको निर्माण कार्य पुनः शुरु


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङ- कटहरी सडक खण्डको हुलाकी सडकको निर्माण कार्य रोकिएको एक वर्ष पछि पुनः शुरु भएको छ ।

निर्माण कार्य रोकिएको लामो समय पछि सुरु भएको सडक खण्डको निर्माण समयमा सकिने स्थानीयहरुले बताएका छन् । हुलाकी राजमार्गको अन्य क्षेत्रमा निर्माण कार्य भइरहँदा यो सडक खण्डको ठेकेदारले भने काम नगरेर अलपत्र पारेको भन्दै स्थानीयले चक्काजाम र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम समेत गरेका थिए । 

२०७६ कार्तिक २४ गते काठमाण्डौको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले तीन वर्षा काम सक्ने गरी सो सडक खण्डको ठेक्का पाएको थियो । तोकिएको समयमा काम सम्पन्न नगरेपछि म्याद थप गरिएकोमा श्रेष्ठ कन्स्ट्रक्सनले अर्को ठेकेदारबाट काम गराइरहेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले दिएका छन् ।

आगामी वैशाख सम्ममा काम सक्ने गरी नयाँ ठेकेदारले काम गरिरहेको र अहिले सडक छेउछाउमा नाला बनाउने कार्य सुरु भएको छ । विगत ३ वर्षा सो सडक खण्डको करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ ।

 २०७९ कार्तिक मसान्त सम्ममा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सडक खण्डको लागत करिब ८४ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ६ : ०१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या