आगामी चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ : गगन थापा « Khabarhub

आगामी चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ : गगन थापा


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र इमानदार एवं कर्तव्यनिष्ठ व्यक्तिहरू धेरै रहे पनि त्यो पूँजी प्रयोग गरेर निर्वाचनमा जान नसकिएको बताएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनमा सम्बोधन गर्दै थापाले पार्टीभित्र गाउँ, सहर जहाँ सबैतिर इमानदार कार्यकर्ता रहेपनि त्यसलाई पार्टीले पूँजीका रुपमा प्रयोग गर्न नसकेको गुनासो गरे । महामन्त्री थापाले पार्टीले आगामी चुनाव हारे पनि एक्लै लड्नुपर्ने बताए ।

महामन्त्री थापाले निर्वाचनमा समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा इमानदार नेता पछाडि परेको बताए । उनले नेपालको अर्थतन्त्र पछिल्लो पटक सुधार भएको उल्लेख गर्दे अब निराशभन्दा आशावादी हुँदै गएको बताए । उनले प्रदेश संरचना खर्चिएको भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ९ : २७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको