बालविवाह अन्त्यका लागि रणनीतिक योजना बन्दै « Khabarhub

बालविवाह अन्त्यका लागि रणनीतिक योजना बन्दै


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मुगुमा बालविवाह अन्त्यका लागि पहल सुरु भएको छ। छायानाथ रारा नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति योजना बनाउन लागेको छ। मेयर विष्णुकुमार भामले १४ वडामध्ये ४, ५, ६, ३, १०, ११, १३, १४ मा बालविवाह बढी भएको पाइएको बताए।

सबै वडामा नगरपालिकाले बालविवाह अन्त्यका लागि योजना बनाइ कार्यक्रम लागू गर्ने उनले जनाए।

बालविवाह न्यूनिकरण गर्दै पुरै नगरमा अन्त्यसम्म गर्नका लागि रणनीतिक योजना बनान मस्यौदा समिति बनाउन लागिएको छ।

योजनामा कार्यक्रम, लागत, लक्ष्य, उपलब्धी, स्रोतको सुनिश्चता, जिम्मेवार निकाय, जिम्मेवार व्यक्ति, सूचकहरु समेटन लागिएको छ।

सोही रणनीतिक योजनाले प्रस्ताव गरेको बजेट सुनिश्चिताको लागि काम भइरहेको छ। हिउँदे अधिवेशनमा बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने निर्णय पारित गराउने पनि नगरप्रमुख भामले बताए।

 

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : ३९ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र