युक्रेनको हमलामा ६३ सैनिकको ज्यान गयो : रुस « Khabarhub

युक्रेनको हमलामा ६३ सैनिकको ज्यान गयो : रुस


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मस्को- पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार घोषणा गरेको छ।

युक्रेनले घातक हमलाको जिम्मेवारी लिएको र दोनेट्स्कको पूर्वी क्षेत्रको मस्को–नियन्त्रित भागको माकिभका सहरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या यकिन रुसले उल्लेख गरेभन्दा बढी भएको जनाएको छ।

‘डिसेम्बर ३१ मा दोनेट्स्कको पूर्वी क्षेत्रको माकिभ्का शहरमा दुस्मनका विभिन्न प्रकारका सैन्य उपकरणहरूको १०इकाइहरू नष्ट र क्षतिग्रस्त भएको थियो’, युक्रेनको सशस्त्र सेनाका जनरल स्टाफले एक विज्ञप्तिमा भने।

युक्रेनी रक्षा मन्त्रालयको विज्ञप्तिमा अगाडि भनिएको छ , ‘अस्थायी तैनाथी बिन्दुमा उच्च–विस्फोटक वारहेडका साथ चारवटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ रुसी सैनिकको मृत्यु भयो।’

पछिल्लो हमलाले रुसलाई ठूलो क्षति भएको अनुमान गरिएको छ।

 

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ८ : ३४ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,