हातखुट्टा बाउँडिनबाट जोगिन कस्तो खानेकुरा खाने ? « Khabarhub

हातखुट्टा बाउँडिनबाट जोगिन कस्तो खानेकुरा खाने ?



काठमाडौँ : चिसो बढेसँगै हाम्रो शरीरमा धेरै समस्याले डेरा जमाउने गर्छ । अहिले धेरैलाई सताउने समस्या हो, हातखुट्टा बाउँडिने समस्या । कहिलेकाहीँ यत्तिकै हातगोडा बाउँडिने गर्छ । हातगोडा बाउँडिँदा पीडा त हुन्छ नै, काम गर्न पनि अप्ठ्यारो हुन्छ ।

कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ । कसैलाई बसिरहेको बेला, सुतेको समयमा वा काम गर्ने समयमा पनि अनावश्यक रुपमा कहिलेकाहीँ हातगोडा बाउँडिने गर्छन ।

हातगोडा बाउँडिँदा अत्याधिक पीडा त हुन्छ नै, केही समयसम्म दुखि रहने गर्छ । कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ ।

शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । यसबाट बच्न केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ ।

शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ । बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । यसकारण पनि मासु बाउँडिने गर्छ ।

शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । यसको रोकथामका लागि केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्छ ।

यो समस्याबाट छुट्कारा पाउन कस्तो खानेकुरा खाने ?

यो समस्याबाट छुट्कारा पाउनका लागि केही प्रोटिन तथा रेसादार फलफूल निरन्तर खानुपर्छ । जस्तो दूधदुध इलोक्ट्रोलाइट्सको प्राकृतिक स्रोत हो । दूधमा क्याल्सियम, पोटासियम र सोडियम पाइनुका साथै प्रोटिन पनि उल्लेख्य मात्रामा पाइन्छ । दूधले शरिरलाई हाइड्रेट राख्नुका साथै प्रोटिनको मात्रा पनि धेरै भएका कारण च्यातिएका मांसपेशीका तन्तुहरूको सुधारमा पनि सहयोग गर्छ ।

यस्तै केरा फलफूलहरूमा गुणकारी फल हो । जुनसुकै समस्यामा पनि केरा सेवन गर्न मिल्छ । केरामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा हुने हुँदा केरा सेवनले मांशपेशी बाउँडिने समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्छ

यस्तै हाम्रो शहरिया परिवेशमा सखरखण्डलाई पर्व विशेष फलका रूपमा हेर्ने गरिन्छ । ढुलो एकादशीतिर प्रयोगमा देखिने सखरखण्ड पौष्टिक तत्व प्रचुर मात्रामा हुन्छ । सखरखण्डमा पनि पोटासियम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ

यस्तै एभोकाडोलाई स्वास्थ्य विज्ञानले एउटा उपनाम दिएको छ – पोटासियम पावरहाउस । एउटा एभोकाडोमा एउटा सखरखण्डमा हुनेभन्दा दुईगुना पोटासियम हुन्छ । पोटासियमले मांसपेशीलाई स्वस्थ बनाउँदै मुटुलाई पनि स्वस्थ राख्छ । त्यसैले, जति सकिन्छ एभोकाडो खाएको राम्रो ।

केराउ, मटर, मास, राज्मा, भटमास, बोडीलगायत सबै गेडागुडीमा म्याग्नेसियमको मात्रा धेरै हुन्छ । एक कप पकाएको गेडागुडीमा ७१ मिलिग्रामसम्म म्याग्नेसियम हुन्छ । गेडागुडी सेवनले शरीरमा फाइबरको मात्रा पनि पुग्छ ।

खरबुजा इलेक्ट्रोलाइट्सको पूर्ण प्याकेज हो भन्दा फरक नपर्ला । एकदम धेरै पोटासियम, धेरै क्याल्सियम र म्याग्नेसियम र ठिक्क मात्रामा सोडियम हुने खरबुजामा प्रशस्त मात्रामा पानी पाइन्छ । कसरत गर्दा पसिनाबाट शरिरमा भएको सोडियम र पानी बाहिरिन्छ ।

शरीरमा पानीको मात्रा कम भएमा डिहाइड्रेसन भएर मांसपेशी बाउँडिने समस्या झन बढ्छ । त्यसैले हरेक दिन खरबुजा खाँदा मसल र्क्याम्पमात्र होइन डिहाइड्रेसनको समस्या पनि आउँदैन ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ११ : ११ बजे

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२