गाउँपालिकाद्वारा घरघरमै पुगेर सेवा दिन सुरु  « Khabarhub

गाउँपालिकाद्वारा घरघरमै पुगेर सेवा दिन सुरु 


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल– गुल्मीको गुल्मीदरवार गाउँपालिकाले नागरिकको घरदैलोमै पुगेर सेवा दिन सुरु गरेको छ । ज्येष्ठ नागरिकको घरमै गएर स्वास्थ्य स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन थालेको गाउँपालिकाका अध्यक्ष सरोज थापाले जानकारी दिए ।

वडा नम्बर ५ मा शाईन रेसुङ्गा बैंकको समन्वयमा घरमै पुगेर सामाजिक सुरक्षाभत्ता प्रदान गरिएको अध्यक्ष थापाको भनाइ छ । अन्य वडामा पनि पालिकाले टोल टोलबाट सुरक्षाभत्ता बुझ्ने व्यवस्था गरेको छ । अध्यक्ष थापाले पालिका भित्रका करिव ८० प्रतिशत उपभोक्ताको न्यूनतम विद्युत महसुल भुक्तानी गर्ने गरेको जानकारी गराए ।

पालिकाकै सबै वडाका ज्येष्ठ नागरिकलाई घरमै पुगेर समय समयमा स्वास्थ्य परीक्षण गर्ने गरिएको पालिकाका उपाध्यक्ष तारा थापा ढेंगाले बताइन् । गुल्मीदरवारमा पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भवतीलाई बच्चा जन्माउन अप्ठ्यारो परेमा निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था छ ।

गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउंपालिकाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने क्रममा रिफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । तम्घास मात्र नभएर आवश्यकताको आधारमा जिल्ला बाहिर समेत निःशुल्क एम्बुलेन्स सेवाको घोषणा गरेको थियो ।

निःशुल्क सेवा लिनको लागि गुल्मी दरबार गाउँपालिका भित्रको नागरिक हुनुपर्ने शर्त रहेको छ । पालिकाको एम्बुलेन्सबाट मात्र नभएर आवश्यकताको आधारमा अन्य एम्बुलेन्सबाट सेवा लिई नागरिकता र रसिदको आधारमा भुक्तानी दिइने व्यवस्था गरिएको छ । 

गुल्मीदरवार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालका अनुसार निःशुल्क एम्बुलेन्स सेवा लिनेको संख्या ४६ जना रहेको छ । चालु आर्थिक वर्षमा एक हजार एक सय ५६ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै पालिकाको वडा नं. ५, ६ र ७ का ५० वटा कुकुरमा रेबिजविरुद्धको खोप लगाइएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १० : ४७ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र