प्रचण्डको सरकारमा जानेको अन्तिम परीक्षा हो « Khabarhub

प्रचण्डको सरकारमा जानेको अन्तिम परीक्षा हो

‘देशको विकास गर्न कुनै गठबन्धनको आवश्यकता पर्दैन’


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रत्येक नयाँ सरकार बन्दै गर्दा जनताको आकांक्षा हुन्छ, अबकोसरकारले देश र जनताको लागि राम्रो काम गर्छ । तर धेरैपटक नयाँ सरकार आएपनि पुरानै पारा र प्रवृत्ति देखाउने समस्या छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनताको अपेक्षा र राष्ट्रको समस्या अनुरूप काम गर्न सक्ला त ? यसै विषयमा आधारित रहेर लेखक तथा विश्लेषक केशव दाहालसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

यो नयाँ सरकारले जनताको अपेक्षा र राष्ट्रको समस्या अनुरूप काम गर्न सक्ला त ?
नयाँ सरकारमा नयाँ जोस जाँगर उत्प्रेरणा देखिनु स्वाभाविक छ । तर यो भित्रको गम्भीरता अर्को कुरा हो । अहिले सरकारमा फरक फरक पार्टीहरू छन् । फरक मुद्दा र एजेन्डा भएका दलहरू छन् । त्यसैले सबैलाई मिलाएर चित्त बुझाएर लैजानु पर्दछ । पटक–पटक अनेक बाचाहरू गरेर पुरा नगर्दा अब मान्छेले पत्याउन छोडे । अब नयाँ गर्ने कि त्यस्तै गर्ने भनेर दलहरूले परीक्षा दिँदै छन् त्यसमा पास हुने हो भने नयाँ र राम्रो काम गर्नु पर्दछ ।

सरकारको अहिलेको प्राथमिकता आफ्नो सुरक्षा मात्रै हो ?
अब प्रचण्डले संख्याको दुख नमानेर म केही गर्छु भनेर लाग्नु भयो भने दुख हैन, उन्मुक्तितिर लाग्नु हुन्छ । पटक पटक आन्दोलनमा नारा लगाइयो । तर सरकार बनाए पछि सबै मुद्दा छुटे त्यसलाई अब म पुरा गर्छु भनेर लाग्नु भयो भने राम्रो हो । संख्या हेरेर अर्को भन्नु भयो भने जीवन भएर दुख हुन्छ ।

अहिले सरकारले प्राथमिकतामा के–के राख्नु पर्ला ?
हाम्रा धेरै सपनाहरू छन् । ती पुरा गर्नु पर्दछ । तर मुख्यतया राजनीतिक काम यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएपछि दोस्रो निर्वाचनले प्राप्त गरेको सरकार हो । नेताहरूले पहिला जे दिन सकेनन्, त्यसैले यो सरकारले त्यो संघीय लोकतान्त्रीकरण गणतन्त्र छ यो महत्वपूर्ण छ भनेर राजनीतिक रूपमा यो सन्देश दिनु पर्याे । जनताले सजिलोसँग सुविधा प्राप्त गर्न सकून् । सुशासन यो देशमा कायम छ । भ्रष्टाचार छैन भन्ने बनाउनु पर्याे । गरिब धेरै भएको कमजोर मान्छे भएको ठाउँमा सामाजिक सुरक्षा, सजिलोसँग शिक्षा, स्वास्थ्य, गाँस बास कपास र यातायातको सुविधा पाउन समस्या छ । उद्यमी गर्न चाहने मान्छेलाई समाधान दिने तरलताको अभावलाई सरल गराउने र सम्पूर्ण मान्छेहरूले अबको ५ वर्षमा यो सरकारले केही गर्न सक्ला है भन्ने बनाउनु पर्याे ।

राप्रपाले अहिले भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भनेको छ, यसको सन्देश के हो ?
उहाँहरू भर्खर आउनु भएको छ, उहाँहरूलाई हौसला दिनु पर्दछ । उहाँहरूसँग भ्रष्टाचार गरेको अनुभव छैन । त्यसैले राम्रो काम होला । यो संविधानको स्वामित्व बनाउने व्यक्ति अहिले सरकारमा छ । त्यसैले सरकारमा गएका व्यक्तिलाई हामी यो तपाईँको अन्तिम परीक्षा हो भनेर सम्झाउनु पर्दछ ।

के गर्दा यी राजनीतिक दलहरू सच्चिन सक्लान् ?
प्रजातान्त्रिक हो भने उहाँहरूको जीवनमा त्यो देखाउन सक्नु पर्याे । नेपालमा राम्रा स्कुल ल्याउनु पर्दछ भनेर लाग्ने हो भने गठबन्धन गर्नु आवश्यक छैन । सामान्य रूपमा नै गर्न सकिन्छ । अहिले भन्दा डबल रोजगारी दिलाउन उद्योग धन्दाको विकासमा लाग्न कुनै गठबन्धनको आवश्यकता छैन । यो सरकारलाई केहिले छेक्न सक्दैन । उद्धार भावका साथ लाग्नु पर्याे ।

प्रधानमन्त्रीको सचिवालय कस्तो होला ?
अहिले उहाँहरू जुन ठाउँमा हुनु हुन्छ । त्यहाँ सुरुदेखि अन्तिम दिनसम्म सच्चिने खालका कामहरू गर्नतर्फ लाग्नुपर्छ ।

के–के कुरामा सच्चिनुपर्ला ?
म जनताको सेवक हु भन्ने हो भने जहाँ पनि विकास गर्न सक्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १२ : ४७ बजे

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक