तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइने | Khabarhub Khabarhub

तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइने


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन सकिएको थिएन ।   

कोरोनाको पहिलो र दोस्रो लहरका कारण  तेमाल बृहत् खानेपानी आयोजनामा असर पुग्नका साथै गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्‍याउँदा उक्त आयोजना करिब एक वर्ष पछि धकेलिएको थियो । हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेकाले अबको तीन महिनापछि घरघरमा खानेपानी पुर्‍याइने उपभोक्ता समतिले जनाएको छ । “आउँदो चैत महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ”, समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने । 

उनले आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको र हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको बताए। अध्यक्ष लामाका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको र  मेनलाइन तथा शाखा लाइनमा  पाइप बिछ्‌याएर घरघरमा धाराका लागि सामग्री वितरण भइरहेको छ । 

प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ । हाल तेमाल गाउँपालिका-१ सस्यूखर्कआधावाट, वडा नं ७ को चापखोरी, वाडा नं ५ को याङ्वेल तथा नमोबुद्ध नगरपालिका-५ कोटतेमाल र कालीमाटीका करिब नौ सय घरमा खानेपानी पुर्‍याइएको उनले जानकारी दिए । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजार बासिन्दाका  लागि उक्त आयोजना सञ्चालन गरिएको हो । 

पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर पाइप उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौता गरिएकामा  सोही अनुसार ३१ किमी पाइप बिछ्याइएको छ । यसैगरी रोशी गाउँपालिका-७ कटुञ्जेस्थित एक सय १० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरणका लागि याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ ।

आयोजनाको छुट भएका केही निर्माणको काम गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट हालै १० करोड ३४ लाख ४१ हजार उपलब्ध गराइएको छ । उक्त आयोजनाका लागि पाँच करोड बराबरको जनश्रमदान भएको अध्यक्ष लामाले बताए । 

आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टिङ प्रविधिको तेमाल खानेपानीको मुहान सुनकोसी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले उक्त खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदीकिनार चुखाबेंसीमा गत साउन १७ र १९ गते आएको  बाढीले क्षति पुर्‍याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीमा क्षति हुन नदिन सुरक्षित गरिएको छ । बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी पूर्वाधारमा क्षति पुर्‍याएको थियो भने करोडौँको संरचनामा  जोखिम हुने स्थितिमा पुर्‍याएको थियो । 

तेमाल क्षेत्रअन्तर्गत उक्त गाउँपालिकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नं वडाका बासिन्दाले सो खानेपानी उपभोग गर्न पाउने भएका हुन् । विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण काममा निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पुर्‍याउँदा केही पछि धकेलिएको थियो । अध्यक्ष लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने कार्यसमेत अन्तिम चरणमा पुगेको छ । 

खानेपानी विभागले उपलब्ध गराएको एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको  नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराउन  संरचना बनिसकेका छन् । 

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ३ : ४५ बजे

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने

विपदमा परी २४ घण्टामा १४ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य

चर्को लोडसेडिङको विरोधमा पाकिस्तानमा प्रदर्शन

एजेन्सी – चर्को लोडसेडिङको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन भएको

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं – आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप

वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो

सिरहा – सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण