मेक्सिकोको जेलमा बन्दुकधारीद्वारा आक्रमण, १४ जनाको मृत्यु, २६ बन्दी फरार « Khabarhub

मेक्सिकोको जेलमा बन्दुकधारीद्वारा आक्रमण, १४ जनाको मृत्यु, २६ बन्दी फरार


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेक्सिकोमा बन्दीहरु राखिएको जेलमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा १४ जनाको ज्यान गएको छ ।

सोमबार मेक्सिकोको उत्तरी सिउदाद हुआरेज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो ।

मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए । जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए ।

सो आक्रमणमा परेर अरु १३ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्‍याइएको छ । त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन् । उनीहरुलाई प्रहरीले खोजी गरेको तर नभेटाएको जनाइएको छ ।

त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका छन् । जेलका अधिकारीहरुले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरुले हमला गरेका अनुमान गरिएको बताएका छन् । अहिले सो जेलमा थप सुरक्षाकर्मीहरुलाई राखेर सुरक्षा दिइएको बताइएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ३ : ४५ बजे

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५