श्रीलङ्का भ्रमण गर्ने पर्यटक बढे « Khabarhub

श्रीलङ्का भ्रमण गर्ने पर्यटक बढे


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पछिल्लो समय पर्यटन क्षेत्रको योगदान बढ्न थालेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले श्रीलङ्काको भ्रमण गरेका छन् ।

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको त्यहाँको पर्यटन विकास प्राधिकरणले बताएको छ । गत महिना ९२ हजार पर्यटकले श्रीलङ्काको भ्रमण गरेका थिए भने सन् २०२२ मा छ लाख ७८ हजार तीन सय ९२ जना आएका थिए ।

कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक सङ्कटले जकडिएको देशको अर्थतन्त्रलाई सुदृढ बनाउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : २० बजे

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल