झापा गोल्डकप आगामी फागुन पहिलो सातादेखि | Khabarhub Khabarhub

झापा गोल्डकप आगामी फागुन पहिलो सातादेखि


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

झापा – आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले रु १३ लाख र उपविजेताले नगद रु सात लाख तथा ट्रफी र मेडल पाउने छन् ।

त्यस्तै, प्रतियागिताभर सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले रु २१ हजार पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार पाउनेछन् ।

प्रतियोगितामा आयोजकको भद्रपर ११ सहित नेपालका सात, भारत र भुटानका तीन गरी १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालनको लागि रु एक करोड ५० लाख लागत अनुमान गरिएको छ । गोल्डकपको संरक्षकको रुपमा रहेको भद्रपुर नगरपालिकाले प्रतियोगिताका लागि रु ३० लाख उपलब्ध गराउनेछ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ८ : २० बजे

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट– कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको

नेपालमा भारतीय लगानी प्रोत्साहन गर्छौँ : राजदूत श्रीवास्तव

काठमाडौं– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न

बेथिति र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प छैन् : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती