महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द | Khabarhub Khabarhub

महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विगत दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा पालिकाले आफ्ना क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरेको शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख भरतबाबु सुवेदीले बताए ।

उनका अनुसार जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मनरासिस्वा नगरपालिका, औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, लोहारपट्टी नगरपालिका, बलवा नगरपालिका, भङ्गहा नगरपालिका, सम्सी गाउँपालिका, सोनमा गाउँपालिका र पिपरा गाउँपालिकाले आफ्ना सबै सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।

अविरलरूपमा बहिरहेको चिसो स्याँठ र तप तप गर्दै चारैतिर शीतवर्षा भइरहेका कारण असहनीय जाडो भएपछि दशवटै पालिकाले आउँदो एक साताका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । साथै केही पालिकाले मौसममा सुधार नआएमा पुनः बिदा थप गर्नेसमेत जनाएका छन् ।

मौसममा अचानक आएको परिवर्तनपछि जिल्लाका १५ पालिकामध्ये १० पालिकाले बालबालिकाको जीउ, ज्यान तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आजैदेखि लागु हुने गरी सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेका छन् भने अन्य पालिकाले पनि आ आफ्ना नगरभित्रका विद्यालयहरु बन्द गर्ने तयारी गरिरहेको बुझिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख सुवेदीका अनुसार महोत्तरी जिल्लाको १५ वटा पालिकामा जम्मा तीन सय २३ वटा सामुदायिक विद्यालय छन् भने अहिले अचानक जिल्लामा सुरु भएको शीतलहरका कारण करिब दुई सय विद्यालयमा अचानक पठनपाठन बन्द गरिएको हो ।

उहाँले जिल्लाका विद्यालयले वर्षे तथा बाँकी रहेको बिदाबाट कट्टा हुने गरी विद्यालयमा अध्ययनरत बालबालिकालाई हुनसक्ने क्षति तथा दैवी प्रकोपलाई मध्यनजर गर्दै तत्काललाई विद्यालय बन्द गरेको जानकारी दिए। जिल्लाको पाँच वटा पालिकाका विद्यालयमा अझै पनि नियमित पठन पाठन जारी रहेको उनले बताए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ०३ बजे

आज २०८२ साल भदौ २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २१ गते शनिबार। भाद्र

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा