कोरोना सङ्क्रमणको तथ्याङ्क नलुकाउन चीनलाई डब्ल्यूएचओको आग्रह | Khabarhub Khabarhub

कोरोना सङ्क्रमणको तथ्याङ्क नलुकाउन चीनलाई डब्ल्यूएचओको आग्रह


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमणको अवस्थाबारे वास्तविक सूचना दिन आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई कोरोना सङ्क्रमण र महामारीबारे तथ्याङ्क नलुकाउन आग्रह गरेका हुन् ।

डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

कोरोना रोकथामका लागि अपनाइएका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले कोरोना महामारी ह्वात्तै बढेको छ । चीनमा कोरोना सङ्क्रमणका घटना बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ । अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटली, जापान र ताइवानलगायतका देशले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षण अनिवार्य गरिसकेका छन् ।

कोरोनाको तीन वर्ष बित्दा पनि विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट छ ।

डब्लूएचओका प्रमुख गेब्रेयससले चीनसँग कोरोना सङ्क्रमणको तथ्याङ्क बारम्बार माग गरिएको समेत जानकारी दिए । कोरोना महामारीको थप जोखिम अध्ययनका लागि पर्याप्त सूचना आवश्यक पर्ने भएकाले चीनसँग तथ्याङ्क माग गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : १९ बजे

सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन

सुर्खेत– तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले

शहीद मार्ग स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती

गण्डकी– शहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको

राष्ट्र बैंकको अध्ययन : कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

काठमाडौं– बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण

बार्सिलोनाले जित्यो सुपर कप

रियाद – बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि