पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता | Khabarhub Khabarhub

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की – सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७औँ संस्करण आगामी फागुन ६ गते हुने छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका उक्त म्याराथनको तयारी सुरु भएको आयोजक संस्थाले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत आठ विधा एकै दिन हुनेछन् ।

मुख्य विधाअन्तर्गत खुला म्याराथन, हाफ म्याराथन (महिला), १० किलोमिटर दौड (महिला÷पुरुष), विद्यालयस्तरिय पाँच किलोमिटर दौड (छात्र÷छात्रा), महिला÷पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड समावेश गरिएको मञ्चका अध्यक्ष हरि पराजुलीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ समेत समावेश गरिएको छ । यसपटक विजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । यसैगरी द्वितीयलाई रु तीन लाख, तृतीयलाई रु दुई लाख र सान्त्वनास्वरुप चौथो हुने धावकलाई रु ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न विजेतालाई रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी महिला हाफ म्याराथनका विजेताले रु एक लाख ५० हजार, द्वितीयले रु एक लाख र तेस्रो हुनेले रु ७५ हजार पुरस्कार प्राप्त गर्ने छन् । दस किलोमिटर सडक दौड महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार पुरस्कार प्रदान गरिनेछ । पोखरा म्याराथनले अन्तर्राष्ट्रिय म्याराथन सञ्जाल ‘एसोसिएसन अफ इन्टरनेशनल म्याराथन सोसाइटी’(एम्स)को मान्यता पाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ३९ बजे

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने