त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरलाई « Khabarhub

त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरलाई


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लमजुङ -चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि जितेको छ ।लमजुङको बेसीसहरमा मंगलबार भएको फाइनलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो ।

रोमान्चक खेलको निर्धारित समय र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।पेनाल्टीमा रामपुरका अब्देल रहमान, आकाश थापा, डिका सेर्गी, भबेन्द्र मल्ल ठकुरी र नवराज गुरुङले ग्ल गरे । सन्दीप श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुके ।

बागमतीका दिब गुरुङ, अमर श्रेष्ठ, सुमन चाम्लिङ रै र कसीम राईले गोल गरे । दिपेश चाम्लिङ राई र आयुष राना पेनाल्टीमा चुके ।पेनाल्टी अघि अनिल रानाले १८ औं मिनेटमा गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, सुरेश कुमालले ३७ औं मिनेटमा गोल गर्दै रोड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रामपुर रोड्सका सुरेश कुमाल चुनिए । सर्वाधिक गोलकर्ता बागमतीका देव गुरुङ, रामपुरका सुरेश कुमाल र समाज कल्याणका अब्दुल्लाहले संयुक्त पाए । उत्कृष्ट गोलकिपरको अवार्ड बागमतीका रबिन बस्नेत चुनिएका छन् ।

त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै रामपुरले ५ लाख प्राप्त गर्दा उपविजेता बागमतीले ३ लाख प्राप्त गरेको छ । यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १० : २५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक