सुदूरपश्चिममा कांग्रेसलाई संसदीय दलको नेता छान्न सकस « Khabarhub

सुदूरपश्चिममा कांग्रेसलाई संसदीय दलको नेता छान्न सकस


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली – आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ ।

संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी छन् । कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी र प्रदेशसभाका सदस्यको उपस्थितिमा आज धनगढीमा बसेको अनौपचारिक बैठकमा संसदीय दलको नेता छनोटका लागि छलफल भएको थियो ।

कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह ‘मनु’ले बैठकमा संसदीय दलको नेताका आकांक्षीलाई आपसमा सहमति गरेर दलको नेताको नाम टुङ्ग्याउन आग्रह गरिएको जानकारी दिए । उनले भने, “आकांक्षीलाई आजै सहमति गर्नुस् भनेका छौँ, सहमति भएन भने भोलि निर्वाचन प्रक्रियामा जान्छौँ भनेका छौँ ।”

सुदूरपश्चिम प्रदेशसभामा अन्य राजनीतिक दलले आफ्नो पार्टीको संसदीय दलको नेता छनोट गरिसकेका छन् । ठूलो दल कांग्रेस भने आजसम्म दलको नेता छनोट गर्ने विषयमा अलमलमै छ ।

प्रदेशसभामा नेकपा (एमाले)ले राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र)ले खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र नेकपा (एकीकृत समाजवादी)ले दीर्घबहादुर सोडारीलाई पार्टीको संसदीय दलको नेता छनोट गरिसकेको छ ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्रका एक÷एक जनाको प्रतिनिधित्व छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भइसकेको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ११ : ०२ बजे

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक