तान्जानियामा सुरु भएको शान्तिपूर्ण राजनीति | Khabarhub Khabarhub

तान्जानियामा सुरु भएको शान्तिपूर्ण राजनीति

संसारका सफल महिला नेताबारे चर्चा


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ६ वर्षे लामो राजनीतिक अस्थिरतापछि अहिले तान्जानियामा एक किसिमको उत्साह देखिएको छ। यो उत्साहको कारण गत महिना राष्ट्रपतिले त्यहाँ लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरे पछि त्यहाँ उत्साह थपिएको हो। मगुफुलीका उत्तराधिकारी समिया सुलु हसनले विपक्षी माथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेका हुन्। ज्यान जोगाउन कठिन भएर बिदेसिएका टुन्डु लुु पनि अहिले सुरक्षित महसुस भएको ठहर गर्दै देशमा फर्किएका छन्।

गत साता राजधानी दारे सलाममा उपस्थित भएर उनले आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए। गएको केही महिना यता भएको राजनीतिक विकास क्रमका कारण यो आधार तयार भएको हो। राजधानी दारे सलाममा ठुलो उत्साहका साथ नाच र गाना सहित उनलाई स्वागत गरिएको थियो। प्रतिबन्ध फुकुवा भएकै कारण स्थानीय राजनीतिमा एउटा तरङ्ग पैदा भएको छ।

युनिभर्सिटी अफ अबडीनका राजनीति शास्त्रका प्राध्यापक डान पाजेटका अनुसार उनीहरू नै आम सञ्चारमा सबै भन्दा महत्त्वपूर्ण माध्यम हुन्। भेला भएर जम्मा हुन लगाइएको प्रतिबन्ध तथा इन्टरनेटमा लगाइएको प्रतिबन्धका कारण संसारमा आफ्नो कुरा लैजान रोक्न नसकिने उनले बताए।

सन् २०१५ पछि सरकारी कार्यालयमा पहिलो पटक प्रवेश गर्न थालेका विपक्षी कार्यकर्ताहरूमा अहिले भिन्न उत्साह छ। विपक्षी दलका नेता तलाउका लागि आव गाउँका निस्फिक्री हिँड्ने बाटो खुला भएको छ। जुन बाटोमा हिजो उनका कारण अन्य धेरैले असुरक्षित भएको महसुस गर्थे। उनी पनि आफू असुरक्षित भएको महसुस गर्ने गरेका थिए।

पूर्व राष्ट्रपति मगुफुलको कहानी भने फरक छ। उनी तान्जानिया इतिहासकै सबैभन्दा सफल सत्ता सञ्चालक बन्ने योजनामा थिए। उनको कार्यशैली फरक थियो। विपक्षीको विरोध सहन नसक्ने उनले प्रतिबन्ध लगाएर सबै काम आफ्नो सोचका साथ गर्न चाहन्थे।

उनले संविधानले विपक्षी दललाई दिएको सम्पूर्ण हक छिन्न चाहन्थे। यस हकलाई उनले यसरी छिनेका थिए की विपक्षीले पार्टीको आन्तरिक बैठक गरी रहेको समयमा धेरैलाई गिरफ्तार गरिएको थियो। सत्तारुढ चमाचामा पिन्डुजी सीसीएमका कार्यकर्तालाई उनी विपक्षी दलका नेता तथा कार्यकर्ता विपक्षीको इशारामा चलिरहेको कुरामा विश्वस्त तुल्याउन सफल भएका थिए।

विपक्षी भने के कम मुगुफुले भनेको स्वीकार गरेर चुप लागेर बस्ने अवस्थामा थिएन। विपक्षीको गतिविधि बढी रहेको थियो। मुगुफुलको अलोकप्रियता दैनिक बढी नै रहेको थियो। विरोध सभामा प्रतिबन्ध लगाउँदै विपक्षी राजनीतिको मूल रक्त सञ्चारमा रोक लगाउँदा उनलाई आनन्द आउँथ्यो।

सामियाले विपक्षी दलका नेतासँग भएको वार्तामा सहमति कायम गर्दै विरोध प्रदर्शनको कारण प्रतिबन्ध हटाएकी हुन्। उनले देशमा बहुदलीय व्यवस्था सुरु भएको ६० औ वर्ष गाँठको समयमा केही महत्त्वपूर्ण उद्घोष गर्ने योजनामा रहेको कुरा गत वर्ष नै त्यो कुरा स्वीकार गर्न चाहन्छन्।

उनी मुगुफुल अन्तगत ६ वर्ष काम गरेकी थिइन्। प्रजातन्त्रको अनुसरण गर्ने सवालमा कमजोर आँकडा भएको तान्जानियाको विगतमा उनी पनि जिम्मेवार सहित भने पक्कै थिइन्। उनी राष्ट्रपतिको कार्यालयका एक जना प्रभावशाली सदस्यको रूपमा लामो समय बिताउन सफल भएकी थिइन्।

उनले अहिले चार आरएसलाई आफ्नो मुद्दा बनाएकी छिन्। उनको मुद्दा पुन मिलन,लचिलोपन,सुधार र पुर्न निर्माण उनका मुख्य मुद्दा हुन्। २०२१ को मार्च देखि तान्जानियामा धेरै कुरा खोसिएका थिए। अहिले परिवर्तन गर्न कनै दबाबको सामना गर्न नपरेकी सामिया आफ्नो योजनामा दत्तचित्त छिन्। उनकै पार्टी सीसीएम भित्र पनि धेरै गुट र समूहहरू नभएका होइनन्। यसै कारण उनले सुरुवातका दिन देखि नै विभिन्न बैठकहरू राखेर उनीहरू बिचको सन्तुलन कायम गरी सकेका छन्। यसै कारण उनको निर्णयमा पार्टीको निर्विवाद साथ रहँदै आएको छ।

मुगुफुलको अनुदार सत्ताका उत्तराधिकारी भएर तान्जानिया जस्तो पितृसत्तात्मक समाज भएको देशको एक महिलाका लागि सुधारका काम साँच्चै कठिन मानिएका थिए। परन्तु उनले क्रान्तिकारी ढङ्गले ती काम अघि बढाएकी छिन्।

सुधारको पक्षमा आवाज उठाउँदा उनले धेरै आक्रमणको सामना गर्नु परेको थियो। उनले विभिन्न व्यक्तिसँग लडाइ समेत गर्नु परेको थियो। यी हरेक लडाइमा उनले जित हता पार्दै आएकी थिइन्। उनीसँगको लडाइमा हार खाएर संसद्को सभामुखको गत वर्ष पदबाट राजीनामा दिई सकेका छन्। उनको त्यो चार्म र करिस्माको बाबजुद सफलतामा शङ्का गर्ने व्यक्ति थुप्रै छन्। यी धेरै शङ्का गर्ने व्यक्ति देख्दा उनी आफैलाई भने आश्चर्य लाग्ने गरेको छ।

पछिल्लो समय भने उनी प्रतिको सम्मान बढ्दो छ। उनलाई विजयी नेताको रूपमा परिभाषित पनि गरिँदै छ। विपक्षी दलका कार्यकर्ता पनि त्यत्ति धेरै उदार छैनन् की खुलेआम उनको प्रशंसा गरुन्। तर उनीहरूको आन्तरिक कुराकानीमा पनि सामियाको प्रशंसा नै हुने गरेको छ।

चाँदेमाका नेता फिम्यान ओमबोयले त सामियोको प्रशंसा गर्न कुने कन्जुस्याइँ गर्न नहुने प्रतिक्रिया दिई सकेका छन्। उनले देशको शीर्ष व्यक्तित्वले राखेको पुनर्मिलन कार्यक्रमलाई अघि बढाउन कुनै असुर बाँकी राख्न नहुने प्रतिक्रिया दिई सकेका छन्। उनले अव सबै जना मिलेर अगाडी बढ्नुको विकल्प नभएको प्रतिक्रिया दिएका छन्।

सीसीएमका आफ्नो नीति पास गराउन उनले धेरै जोखिम उठाएकी थिइन्। अन्ततः यो जोखिमको उपलब्धि उनले लिएर नै छाडिन्। उनले यस कारण निर्णय क्षमतामा प्रस्ट भए पुग्थ्यो। कनै कानुनी परिवर्तनको आवश्यकता थिएन।

६३ बर्सिया ती नेताले आफूलाई सुरुमा नियन्त्रणमा राख्न आवश्यक थियो। धेरै उत्साहित पनि नभई र धेरै हतोत्साहित पनि नभए सही निर्णय गर्न र कार्यान्वयनमा ल्याउन साँच्चै कठिन थियो। जुन कठिनाइ उनले सहजै पुरा गरेकी छिन्।

पत्रकार सम्मेलनमै उनले आफू र विपक्षी नेतालाई समान स्थान दिएकी थिइन्। उनको यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो। त्यसो त स्वतन्त्रताको नयाँ युगमा आफूलाई ढाल्न विपक्षी नेता र कार्यकर्तालाई पनि त्यत्ति सहज त पक्कै छैन। विपक्षी दलका सामु अझ धेरै कठिनाइ छ। आफूलाई पुरानो धरातलमा उभ्याउनका लागि उनीहरूलाई केही कठिनाइ छ।

अर्को वर्ष स्थानीय तहको निर्वाचन हुँदै छ। सन् २०२५ मा आम निर्वाचन पनि हुँदै छ। त्यसको तयारी गर्ने समयको समेत विपक्षी दललाई अभाव हुन सक्ने छ। अब दुई शक्ति कसरी अगाडी जाने हुन् भन्ने धेरैका लागि प्रतीक्षाको विषय बनेको छ।

तान्जाननियाको राजनीति कसरी अगाडी जाने भन्ने त हेर्न बाकी नै छ। सामियाका लागि परम्परागत असहिष्णु राजनीतिलाई चिरेर अगाडी बढ्नु छ। साथमा पार्टीको नेतृत्वमा साफतापूर्वक टिक्नु छ। विपक्षी दलका लागि शान्तिको राजनीतिमा आफूलाई स्थापित गर्नु छ।

गएका केही वर्ष यता संसारका सफल महिला नेतृको बारे चर्चा चलेको छ। न्युजिल्यान्डकी प्रधानमन्त्री जार्किया अर्डम होस या अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस होस, सफलता व्यक्तित्वको रूपमा सधैँ लिइने नाम हुन। फिनल्यान्डकी नेतृ सन्ना मरिन देखि अनेकौँ सफल महिलाको नाममा उनको नाम पक्कै जोडिने छ।

(श्रोत : बीबीसी, भग)

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर