बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क | Khabarhub Khabarhub

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बुटवल – बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुटवल उपमहानगर र रेडक्रस सोसाइटीबीच आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविर सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए ।

उनले समझदारीपछि बुटवलका बासिन्दाले रुपन्देहीका कुनै पनि अस्पतालमा उपचाररत रहँदा रगत र रगतजन्य पदार्थको सेवा लिँदा शुल्क तिर्नु नपर्ने व्यवस्था भएको र यसले सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने जानकारी दिए । समझदारीपछि बुटवल र रक्तसञ्चार केन्द्रका बीचमा थप सिर्जनशील काम गर्नका लागि सहज वातावरण तयार भएको प्रमुख प्रसासकीय अधिकृत टेकराज पन्थीले सुनाए।

बुटवल र रक्तसञ्चार केन्द्रबीचको समझदारीलगत्तै कार्यान्वयनमा गएको र यसले बिरामीलाई ठूलो राहत मिल्ने र सहज हुने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : १५ बजे

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म

नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले

पशुप्रेमी रिक्सा चालकले दिल्लीकी मुख्यमन्त्रीलाई हाने थप्पड

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि उनको सरकारी

जीवनको ठूलो पर्दामा ‘कमब्याक’ पक्का, साइन गरे ‘सकम्बरी’

काठमाडौं – अमेरिका पलायन भएका नायक जीवन लुइटेलले ७ वर्षपछि