काम गर्न भाषण जस्तो सजिलो छैन | Khabarhub Khabarhub

काम गर्न भाषण जस्तो सजिलो छैन

जुनारका लागि प्रसिद्ध रामेछाप नगरपालिकाका कुरा


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रामेछाप बागमती प्रदेशको सम्भावना बोकेको जिल्ला हो। स्थानीय तहका समस्या सम्भावना र अवसरले यो जिल्लाको रामेछाप नगरपालिका जेलिएको छ। रामेछाप नगरपालिका जुनारका लागि प्रसिद्ध छ। यो नगरपालिकाका सम्भावना के के छन् ? समस्या के कस्ता छन् ? यसै विषयमा आधारित रहेर रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेसँग आसुतोष अरियालले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले कार्यकाल सम्हालेको १० महिनामा जनताका लागि के के गर्नुभयो ?
बजेट निर्माण कार्य असारमा सकेर साउनबाट औपचारिक रुपमा काम अगाडि बढेको हो। कार्य गर्न हामी सहज रुपमा लागि परेका छौं। राज्यको नीतिले हाम्रो कार्यलाई सहज रुपमा सुचारु गर्न नदिएको अवस्था छ। बजेट स्थानीय सरकारलाई दिएको थियो। तर अक्तियारी तीन महिनापछि आउने रहेछ। जसकारण हाम्रो कार्यमा बाधा आएको छ।

तपाईंले काम सम्हालेको आठ महिनापछि कामको सुरुवात भएको हो ?
हो। अहिले भने कामको थालनी भएको छ। काम गर्न आफूमा प्रतिबद्धता हुनुपर्छ। त्यसले मात्र पुग्दैन काम गर्ने इच्छा शक्तिको विकास हुन आवस्यक छ। संघको बजेट प्रदेश हुँदै हाम्रो ठाउँमा आएको हुन्छ। त्यसलाई कार्यान्वयन गर्नुपर्छ।

संघ र प्रदेशले पठाएको बजेटमध्ये कति विकास निर्माण तथा अन्य कार्यमा खर्च गर्नुहुन्छ ?
केन्द्रबाट तोकेर पठाएकोमा जुन कार्यको लागि भनेर छुटयाइएको हो त्यसमा नै खर्च हुन्छ। संघबाट आएको पनि संस्थामा नै हरेक कामको निम्ती नै खर्च भएको अवस्था रहेको छ। जम्मा ४७ करोड रकम आएको हुन्छ। ३२ करोड रुपैयाँ भनेको सामाजिक सुरक्षा भत्तादेखि कर्मचारीलाई तलब दिँदैमा सकिन्छ।

वडामा के के काम हुन्छन् ?
नगर सभाले पास गरेका कुरा, वडा सभाले पास गरेका कुरालाई प्राथामिकतामा राखेर गरिन्छ। स्थानीय तहले मागेको योजना हामीले दिएका छौं। स्थानीय सरकार सञ्चालनको मापदण्डमा रहेर पाएको जिम्मेवारी सबै वडाले निर्वाह गरेको हुन्छ।

गाँउ गाँउमा स्थानीय स्थरमा पनि डोजर किन चलेको छ ?
स्थानीय स्तरमा डोजर पहिले चलाए होलान्। अहिलेको अवस्था वा अहिले त्यो स्थिति आएको छैन। त्यस्तो ठूलो असर परेको अवस्था अहिले छैन। म नगर प्रमुख भएपछि धेरै कार्यमा हात हाल्न पाएको छैन। साझेदारी कार्यमा हामी संलग्न रहेका छौँ।

कतिप योजना काठमाडौं बसेर बनाएको भन्ने कुरामा कत्तिको सत्यता छ ?
मेरो नगरपालिकामा त्यस्तो काम भएको छैन। अन्य स्थानको भने मलाई खासै जानकारी छैन। मेरो अनुभवमा त्यो गलत सूचना हो।

रामेछाप नगरपालिका जुनारका लागि प्रख्यात छ। यो चर्चाको विषयलाई तपाईं कसरी लिनु हुन्छ ?
जुनार र गेडागुँडीको लागि अति उत्तम छ। अझ पनि पूर्वाधारको कमी भएको कारण, बजारिकरणको राम्रो व्यवस्था नरहेको अवस्था छ। तर पनि जुनारको राम्रो उत्पादन र वृद्धि नै भइरहेको छ। उत्पादनमा तथा त्यसको विकासमा हामी सधै लागि परेका छौं। रामेछापलाई जुनारको प्रसिद्ध स्थानको रुपमा लिएको छ। गर्छु भनेर मात्र हुँदैन इच्छा शक्तिको आवस्यक हुन्छ। जहाँ इच्छा त्यहा उपाय अवश्य रहन्छ। जहाँ उपाय त्यहा आवस्यकता हुन्छ।

स्थानीय सरकार प्रमुख भएपछि जुन लक्ष्यका साथ आउनु भएको थियो त्यही अनुसार काम गर्न सक्नु भएको छ ?
मैले गर्छु भनेका कार्यमा खडा हुन सकेको छैन। धेरै असहज र गाह्रो परिस्थितिमा गुज्रिएको अवस्था रहेको छ। सत्ता भन्दा बाहिर हुँदा र भित्र आएपछि बोलाई र गराइमा आकाश जमिनको फरक हुनेरहेछ। सत्ता भित्र रहेर काम गर्न धेरै गाह्रो रहेछ। भाषण गर्न सकिन्छ व्यावहारमा ल्याउन धेरै असहज रहेको छ। भाषण गर्न जस्तो सहज काम गर्न छैन।

राज्यले कस्तो कार्यमा ध्यान दिनु आवश्यक रहेको छ ?
पहिले दक्ष जनशक्तिको विकास हुनु जरुरी छ। पहिलो कुरा जनताको न्यूनतम आवस्यकता पूरा गर्नु जरुरी छ। जसमा पालिकाले कुनै योजना बनाउन असफल भएको अवस्था रहेको छ।

तपाईंले शिक्षा र स्वास्थ्यमा के के सुधार गर्नु भएको छ ?
पहिला शिक्षा समिति निमार्ण गरेको थियो। त्यसपछि सबै विद्यालयमा अवलोकण गरेर विद्यालयको स्थिति बुझेर कार्य गर्न प्रेरित गराएको हो। शिक्षाको अवस्था नाजुक रहेको छ। विद्यालय, अभिभावक र विद्यार्थीबीच तालमेलमा कमी भएको जस्तो अवस्था छ। एक वडामा चार पाँच वटा विद्यालय भएर पनि यो अवस्था सिर्जना भएको हो जस्तो लाग्छ। रामेछापमा अस्पताल रहेको छ। तर जहाँ दक्ष कर्मचारी छैनन्।

खानेपानीको कस्तो अवस्था रहेको छ। यसमा तपाईंको प्रयास के छ ?
खानेपानीको लागि म सुविधा ल्याएर छोड्ने प्रतिबद्धता गर्दछु। किसानलाई चाहिने मुख्य कुरा भनेको सिंचाई नै हो। पानी मानिसलाई नभई नहुने कुरा हो। खानेपानीदेखि लिएर सिंचाईको काममा म लागि परेको छु। जसमा लिफ्टिङ सिंचाईको विकास गराउँछु। तीन वटा वडामा खानेपानीको काम पूरा भएको छ। अब बाँकी वडामा भने काम जारी छ। त्यो काम बजेटको कारण रोकिएको हो।

तपाईंले पाचँ वर्ष नेतृत्व गरेपछिको रामेछाप कस्तो बनाउने योजनाका छ ?
मेरो लक्ष्य रामेछापलाई एक नम्बरको बनाउने सोच छ। भूगोलले ठगिएका छौँ। हामीमा उत्पादन र उर्भरा भूमि छैन। हाम्रोमा प्रर्यटन विकास हुने ठाउँको पनि कमी छ। उद्योग धन्दा खोल्न पनि प्रर्याप्त मात्रामा कच्चा पर्दाथको अभाव छ। यी सबै कुराको व्यावस्थापन गर्नका लागि हाम्रो आधार भनेको कृषि नै हो। प्रकृतिले नै ठगेको छ। रामेछाप नगरपालि एक प्रख्यात र विकास हुनसक्ने स्थानका रुपमा रहेको छ।
प्रस्तुति : कुसुम गौतम

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ०७ बजे

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने