पाकिस्तानमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको सवारी दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बिहीबार अबेर राति जिप दुर्घटनामा परेको थियो ।

सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खैबर पख्तुनख्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत सिन्धु राजमार्गमा दुई सवारी एक आपासमा ठोक्किन पुगेको जनाइएको छ । सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको हो । विपरीत दिशाबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो ।

पाकिस्तानमा बारम्बार सवारी दुर्घटना हुँदै आएको छ । सडकको अवस्था एवं सवारी चालकहरुको लापरवाहीका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ३ : ०४ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई